आईतवार, फागुन १६, २०७७ साल

किन आए भुवन केसी नेपालगञ्जमा ?

लाेकप्रिय सन्देश २०७५ माघ ८ गते 1.61K

नेपालगञ्ज,माघ ८ – नायक भुवन केसी आाफ्नो नयाँ चलचित्र क्याप्टेनको प्रचारप्रसारमा जुटेका छन् । प्रचारप्रसारका लागि पश्चिम नेपालका जिल्लाहरु पुग्ने क्रममा मङ्गलबार नेपालगञ्ज पुगेका नायक तथा अभिनेता केसीले संचारकर्मीसँग कुरा गर्दै  क्याप्टेनमा नेपालको फुटबलको कथावस्तु रहेको बताए । चलचित्रमा नायक केसीका छोरा अनमोलको मुख्य भूमिका रहेको छ । 
करिब दुई करोड ५० लाखको लगानीमा निर्माण भएको चलचित्र ‘क्याप्टेन’को प्रविधिक पक्ष आत्याधुनिक रहेको केसीले दावी गरे । अनमोलसँगै सरोज खनाल, सुनील थापा जस्ता नयाँ र पुराना कलाकारको संगमको रुपमा चलचित्र तयार पारिएको जानकारी दिदैं केसीले चलचित्र फागुन १७ गते रिलिजको तयारी गरिएको बताए ।

नेपाली फुटबलले गाउँदेखि शहर हुँदै साफमा पदक जितेकोसँगै यसभत्रका विकृत र विसंगति पनि चलचित्रमा समेटिएको उनको भनाई छ । केसीले फुटबलको विकासका लागि खेलाडीलाई राज्यले मनोबल बढाउनुपर्ने सन्देश दिन खोजिएको बताए । क्याप्टेन केसको आफ्नो प्रोडक्सन हाउस सुपर काजल फिल्मसले निर्माण गरेको हो ।  


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Sunday, Feb 28, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१