नेपालगञ्ज,माघ २५ । हाम्रो समाजमा परापुर्ब कालबाट नै आफ्नो बाजे बुबाको नाम अथार्त पुर्खेउली बिँडो धान्ने काम भएको पाइन्छ । चाहे त्यो ब्यापार होस वा कृषि थुप्रै थुप्रै । यस्तै आजभोली नेपाली फिल्म क्षेत्रमा होस या संगीत क्षेत्रमा बाबूको बिँडो धान्ने थुप्रै कलाकार जन्मेका छन अनि चलचित्र क्षेत्र संगीत क्षेत्र र मोडलिङमा राम्रो चर्चा कमाई रहेका छन । उदाहरणको लागि सदाबहार नायक भुवन केसीका छोरा अनमोल केसी, झरना थापाका छोरा सुहाना,शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ, करिष्माकी छोरी कविता । निर्देशक शोभित बस्नेतका छोरा सलोन । निर्देशक नारायण पुरीका छोरा संयम पुरी ,अभिनेता टीका पहाडीका छोरा गौरव पाहाडी । येस्तै बलिउडतर्फ अनिल कपुरका छोरी सोनम कपुर,छोरा हर्षबद्र्धन,शक्ती कपुरको छोरी श्रद्धा कपुर, अमिताभका छोरा अभिषेक वचन,बोनी कपुरका छोरा अर्जुन कपुर, श्रीदेबीकी छोरी जान्भी,सैफअलीका छोरी सारा अलि,धर्मेन्द्र का छोरा बबि देवल र सन्नी देवल,बबिताकी छोरी करिना कपुर र करिष्मा कपुर,तनुजाकी छोरी काजोल थुप्रै थुप्रैले आफ्नो बाबू आमाको पेशालाई आफ्नो पेशा बनाउदै छन । किनकी बालबालिकालाई जस्तो बाताबरणमा हुर्काइयो उनिहरु त्यसैमा रमाउँछन। गायक तथा संगीतकार शिलाबाहादुर मोक्तान र गायिका कुन्ती मोक्तानका दुबै छोरी शिवानि र सलोनी गायन पेसा अङ्गालेर गायिका बने । यस्तै गायक उदय र मलिना कि छोरी श्रेया सोताङ पनि गायिका भइन ।
चर्चित पप गायक दिपक बज्राचार्यको छोरी पनि गायिका बनिसकेकी छन । चलचित्र,सङ्गितमा लागेका कतिपयका छोरा छोरीहरु मोडलिङमा आफ्नो करियर बनाउन सुरु गरेका छन । यसैकर्ममा नेपालगन्ज निवासी (हाल अमेरिका बाल्टिमोर बसोबास गर्दै आएका ) चर्चित गायेक कन्हैया सिङ्ग परियार र चर्चित गायिका अञ्जना गुरुङकी छोरी अपेक्षा सिङ्ग परियार पनि मोडलिङ्गमा प्रवेश गरिसकेकी छिन । १६ बर्षिय अपेक्षालाई उनको जन्मदिनमा आमा बाबूको तर्फबाट एल्बम उपहार प्राप्त भयो । मिठास २ मा रहेको गित झिम झिम परेलीमा गित बाट डेब्यु गरेकी हुन । उक्त गितमा अपेक्षालाई जयन्त र प्रशान्तले साथ दिएका छन ।उक्त गित अमेरिकाको विभिन्न ठाउमा कैद गरिएको छ ।पहिलो पटक आफ्नो आमाको स्वरमा सजिएको गितमा मोडलिङ गरेकी अपेक्षाको थुप्रै नेपाली चलचित्र र सङ्गित क्षेत्रका मानिसले उनको अभिनय र नृत्यको तारिफ गरेको उनका बुबा गायक कन्हैया बताउँछन् ।
सानो छदा अभिनय र डान्समा पोख्त अपेक्षा घरमा पाहुना आउदा सबैलाइ जिस्काउने र उनीहरुको अभिनय गरी घर परिवार्र हसाउने गरेको बुवा कन्हैयाले बताए । अमेरिकामा सबै भन्दा बढि कलाकार बस्ने ठाउ वाल्टिमोर हो ।
हरेक चाडपर्बमा सबै कलाकार आफन्त सबै नेपाली जम्मा भएर रमाइलो गछौं, कन्हैयाले भने,– त्यहाँ अपेक्षाले अभिनय नृत्य गर्छिन, सबैले तारिफ गर्छन । २ दशक लामो बुबा आमा साङ्केतिक करिअरमा अपेक्षालाई त्यही बातावरणले डो¥याएको हो । अपेक्षा आफ्नो बुबा ममिको सवै गित गाउछिन र स्वरमा पनि उनको जादु छ । अभिनय गर्ने क्षमता भएका कारण मोडलिङ्ग गरेको उनी बताउछिन । गायक कन्हैयाको तिम्ले भुल्न सके पनि,नेपालगन्ज बजारमा घाम लाग्यो,अलिकति आवाज देउ,मरेर लानु के छ र चर्चित गित हुन भने अञ्जनाको मत काली सुन्दरी,आखैमा राख्छु मेरो देश,बदनाम भए म तिम्रै कारणले,जसले मटुु चुडेर लग्यो,छम छम नाचिदेउ चर्चित गित हुन । बुवा ममिको चाहना भन्दा पनि म आफ्नो चाहनाले यो लाइनमा आएको हो, अपेक्षाले भनिन,– सिक्दै छु, धेरै सिक्न बाँकी छ । अपेक्षालाई गायिका,मोडेल कि नायिका भन्ने हाम्रो प्रश्नमा हास्दै भनिन,–भर्खर ममीको गितमा मोडलिङ गरेको छु,धेरैले मन पराउनु भएको छ , पर्खदैछु के हुन्छ थाह छैन् मेरो चाहना यसैमा छ । हेरौं राम्रो हुँदै गए नायिका पनि बनुँला नि ( लामो हासो) । गायक कन्हैया सिंह परियार र गायिका अञ्जना गुरुङकी छोरी अपेक्षालाई भविष्यमा मोडलिङ्ग,गायन र नायिकाको रुपमा सबैले हेर्न पाउन , उनले सोचेको जस्तै सपना पुरा होस अग्रिम शुभकामना ।
कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड
सम्पादक : गोविन्द शर्मा
सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१