नेपालगन्ज,फागुन २२ । प्रहरीले नेपालगन्जबाट ३५ लाख बढी रुपियाँ सहित दुई जनालाई पक्राउ गरेको छ । बेलुका ६ बजेतिर भारतीय नागरिक ३० बर्ष र १२ बर्षका उनिहरुलाइ पासाङल्हामु मार्गबाट पक्राउ गरिएको हो । १२ बर्षका बालक नेपाली हुन । उनीहरुको साथमा रहेको ३५ लाख ४४ हजार नेपाली रुपिया बैध भएको पुष्ठि नभएकोले प्रहरीले पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेका ब्यक्तिले शरीर भित्र विभिन्न भागमा रकम लुकाएको पाइएको जनाएको छ ।