बिहीवार, फागुन २०, २०७७ साल

नेपालगञ्ज महोत्सवमा नारी दिवसमा महिलालाई टिकटमा छुट दिइने

लाेकप्रिय सन्देश २०७५ फागुन २३ गते 4.72K

नेपालगन्ज २३ फाल्गुण ः नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा सडक डिभिजन परिसर, कारकाँदोमा आयोजना भइरहेको प्रादेशिक महोत्सव २०७५ नेपालगन्जमा बिहिवार गायिका मेलिना राईको गीतमा दर्शकहरु नाँचेका छन् । त्यस्तै अछाम निवासी सज्जन धामीका देउडा गीतले महोत्सव तताए ।  ‘म त गाउँकी गोरीरे, गोजीमा दाम छैन, रिटिङ्ग रिटिङ्ग , तीन बर्षमा एक मैनानी गाँउमा नआउनी’ जस्ता गीत गाएर राईले दर्शकलाई नचाएकी थिईन ।

त्यसैगरी पछिल्लो समयका चर्चित हाँस्यकलाकार पोख्रेली धुर्मुस, डेउडा गायक सज्जन धामी लगायतले समेत उत्कृष्ट प्रस्तुती दिएका थिए  । फाल्गुण १९ गतेदेखि सुरु भएको महोत्सव २९ गतेसम्म सन्चालन हुने छ । महोत्सवकाचौथो दिन बिहिवार दर्शकहरुको उत्साहजनक सहभागिता भएको प्रचार प्रसार उपसमिति संयोजक टंक बहादुर धामीले जानकारी दिए । महोत्सवमा सांस्कृतिक कार्यक्रमका साथै ब्यापार व्यवसाय पनि बढेको प्रचार समिति उपसंयोजक चिरञ्जीवी ओलीले बताए । 


नारी दिवस समेत परेकोे शुक्रबार भोली ख्यातीप्राप्त कलाकारहरु महोत्सवमा सहभागि हुँदै छन् । पशुपति शर्मा, यम बराल,कला लम्साल,म्याक्सीम खाती सहभागि हुँदै छन् । आयोजक नेपालगन्ज उद्योग वाणिज्य संघले नारी दिवसको अवसरमा टिकट महिलाहरुलाई बिशेष छुट दिने भएको छ । 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Thursday, Mar 04, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१