नेपालगन्ज २४ फागुन / नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा सडक डिभिजन परिसर, कारकाँदोमा भइरहेको प्रादेशिक महोत्सवमा शुक्रबार दर्शकहरुले फरक गीतबाट मनोरन्जन लिए । १५ वर्षपछि नेपालगन्जमा कार्यक्रम प्रस्तुती गरेका गायक यम बरालले दर्शकको मन जित्ने गरी आफ्ना पुराना गीत सुनाए ।
२०६० सालपछि बराल प्रादेशिक महोत्सवमा सहभागि जनाउन नेपालगन्ज आएका थिए । सुगम संगीतमा निकै चर्चित गायक बरालले निष्ठुरीले छाडेर गईहाली, हेर हेर पूर्वबाट, ईलाम बजार ढाकिदा जस्ता गीतहरु गाएका थिए । शुक्रबार दर्शकले घचाघच भरिएको महोत्सव स्थल दोहोरी गायक पशुपति शर्माका कारण पनि बिशेष रह्यो । उनका गीत सुन्दै दर्शकहरु नाँचे । नारी दिवश समेत परेका कारण उनले मनोरन्जनका लागि मात्र नभई अधिकारसग जोडिएका गीत पनि गाए ।
कला लम्साल,म्याक्सीम खातीले सांगीतिक प्रस्तुती दिएका थिए । आयोजक नेपालगन्ज उद्योग वाणिज्य संघले नारी दिवशको अवसरमा टिकट महिलाहरलाई बिशेष छुट दिएको थियो । शनिबार महोत्सवमा चर्चित गायक समिर आचार्य सहभागि हुँदै छन् । उनी पहिलो पटक नेपालगन्जका आफ्नो प्रस्तुती दिदै छन् । त्यस्तै एन्जिला रेग्मी,सिर्ज‘ु अधिकारी, नमस्ते दिवाकारको बिशेष प्रस्तुती हुने छ ।
कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड
सम्पादक : गोविन्द शर्मा
सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१