बिहीवार, भाद्र ३१, २०७८ साल

शान्तिपूर्ण संघर्षबाटै माग सम्बोधनका लागि बाध्य पार्छौं –थापा

करणा शाह. २०७५ फागुन २८ गते 3.09K

राप्रपा अहिले मेची–महाकाली राष्टिय स्वाभीमान यात्रामा छ । फागुन १५ गते ताप्लेजुङबाट शुरु यात्रा सुदरपश्चिम हुँदै नेपालगञ्ज पुगेको यात्रा मंगलबार पुर्वी जिल्लातर्फ लागेको छ । हिन्दुराष्ट्र पुुनस्थापना  लगायतका माग राख्दै राप्रपाले यात्रा थालेको हो । यही सन्दर्भमा केन्द्रीत रहेर राप्रपा अध्यक्ष कमल थापासँग पत्रकार करुणा शाहले गरेको कुराकाकनीको अंश–

मेची–महाकाली स्वाभीमान यात्राबाट के सन्देश दिन खोजिदैछ  ? 

सनातनसहितको हिन्दु राष्ट्र पुुनस्थापना  लगायतका २२ बुँदे माग सहित यस अघि नै सरकारलाई ज्ञापन पत्र बुझाइसकेका छौं । सो मागहरु सरकारले पुरा गरोस् भन्ने हाम्रो माग हो । आफना मागहरु जनतामाझ लैजाने, जनताको भावना बुझ्ने र चैत्रदेखि शुरु हुने शान्तिपूर्ण आन्दोलनलाई सफल पार्ने योजनामा यो यात्रा सफल भएको छ । यात्रामा आम जनताको सहभागिताले थप हौसला प्रदान गरेको छ । 

 सनातन हिन्दु राष्ट्र पुुनस्थापना कसरी सम्भव छ ? 

हिन्दु राष्ट्र पुनस्र्थापना राप्रपाको प्रमुख माग हो । जनताको मत बिना मुख्य दलले जवरजस्त रुपमा राष्ट्रलाई धर्मनिरपेक्ष घोषणा गरे, जवकी यो माग कसैको थिएन र होइन पनि । एकमात्र हिन्दु राष्ट्रलाई किन धर्मरिपेक्ष घोषणा गरियो ? यसको मक्सद के थियो ? अहिले सम्म जनताले जवाफ पाउन सकेका छैनन, तसर्थ यो मुद्धा रापप्राको मात्र हैन, आम जनताको हो । यो मुद्धामा  अन्य पार्टीको पनि सदभाव र सहयोग छ । शान्तिपूर्ण संघर्षबाटै सरकारलाई माग सम्वोधनका लागि वाध्य पार्छौं ।

 यहाँहरुले उठाएका अन्य माग पनि सम्वोधन हुन्छन् भन्ने लाग्छ ? 

हाम्रा माग हाम्रो पार्टीको माग मात्र हैन, देश र जनताको माग हो ।  यी मागहरु सरकारले सम्वोधन गर्नै पर्छ । यसैका लागि हामी संघर्षको अन्तिम तयारीमा जुटीरहेका छौं । यात्रा समापन लगत्तै पार्टीको वैठक बसेर संघर्षको तयारी गर्नेछौं । चैत्र १ गते काठमाडौको भृकुटीनगरमा आम समुदायसहितको सभा गर्नेर्छौं । 

राजसंसस्था पुनस्र्थापनाको सम्भावना कतिको छ ? 

राजतन्त्र फालेर गणतन्त्र ल्यायौंं । त्यसबाट १२ वर्षमा जनता देशले के पायो ? वहस गरौं । हामीले राजतन्त्रसहितको लोकतन्त्र भनेका छौं । अहिले राजतन्त्रको माग झनै उठेको छ । जनताले चाहे भने यो पनि सम्भावना छ । 

राप्रपाको एकिकरण हुन किन सकिरहेको छैन ? 

ढिलो चाडो सवै राप्रपा एकै ठाउँमा आउँछन् । आउनु पनि पर्छ । हामी सबैको विचार  र मार्ग एउटै छ । राप्रपाका वरिष्ठ नेता दिपक बोहरा ज्यूलाई एकिकरणको पहल गर्न जिम्मा दिएका छौं । राणा नेतृत्वको राप्रपा पनि अहिले हिन्दु राष्ट्रको मुद्धामा आएको छ । अव पार्टी एकिकरण हुन्छ । 

सी के राउत र सरकारबीचको सम्झैतालाई कसरी लिनु भएको छ ?

स्वागत योग्यनै लिएका छौं तथापी सम्झौताको मसी नसुक्दै सुरक्षा घेराभित्रै देश टुक्रयाउने नारा लगाइनुले थप आशंका उव्जाएको छ । राष्ट्र विखण्डन गर्ने विषयमा जनमत, निर्वाचन र वहस हुनै सक्तैन । स्वतन्त्र मधेशको नारा लगाइनु आपत्तिजनक छ । सम्झौता बारे सरकारले स्पष्ट पार्नु पर्छ  । 


विप्लव नेतृत्वको माओवादी बारे के धारणा छ ?


अर्को माओवादी जन्मिने हो की भन्ने डर छ । राजनीतीक व्यवस्था परिवर्तनको मुद्धा उठाइरहेकाले सोही अनुसार राज्यले सम्वोधन गर्नु पर्छ । दमनको नीति लिएर उनीहरुलाई मुलधारमा ल्याउन सकिदैन । यस अघिको दमन नीति फेल भइसकेकाले अव सुझवुझपूर्ण रुपमा वार्तामार्फत सम्वोधन गर्नु पर्छ ।  

 


    तपाईको प्रतिक्रिया

    Copyrights © 2021 Lokpriyanews

    Thursday, Sep 16, 2021

    कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

    सम्पादक : गोविन्द शर्मा

    सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१