नेपालगन्ज २८फागुन । ससुराली गईरन्थे दिनका दिन
साली माग्दा सासुले लखेटिन......
धेरै वर्ष पहिले निकै चलेको गीत हो यो । नेपालगन्ज उद्योग वाणिज्य संघले सडक डिभिजन परिसर कारकाँदोमा फाल्गुण १९ गतेदेखि आयोजना गरेको प्रादेशिक महोत्सव २०७५ मा बद्री पंगेनीले त्यही गीत गाएर दर्शक नँचाए ।
कुनै बेला निकै चलेको गीत गाएपछि दर्शकहरु ननाच्ने कुरै भएन । धुलो उडाएर नाँचे । पाल्पा निवासी पंगेनीले आफु पनि यही प्रदेशको हो नी भन्दै नेपालगन्जसंग आत्मियता देखाए । उनले गीत मार्फत राजनीतिक ब्याङ्गग्य पनि गर्न भ्याए ।
युवा पुस्ताका लागि शिव परियारको गीतहरु बिशेष रह्यो । महोत्सवमा पहिलो पटक जादुगर सुरज मायावीको आर्कषण देखियो । फाल्गुण १९ गतेदेखि शुरु भएको महोत्सव बुधवार समापन हुने छ ।
कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड
सम्पादक : गोविन्द शर्मा
सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१