नेपालगञ्ज, चैत १ । गायक तथा मोडल सुजन ढकालको नयाँ गीतिसंग्रह बजारमा आएको छ । एल्बम डेप्थ(गहिराई) सार्वजनिक भएको हो । सुजनको आफ्नै स्वर, शब्द अनि सङ्गीतले सजिएको यो एल्बम उनको जिवनकै पहिलो कृतिको रुपमा रहेको छ । उनले यस एल्बममा विभिन्न शैलीका फरक–फरक गितहरुलाई समावेश गरेको बताए ।
कुल ६ वटा गित समावेश रहेको यस एल्बम मा उनले निकै मेहनत गरेको र आशावादी पनि रहेको जानकारी दिएका छन् पप गायक ढकालको पहिलो गित तिमी नै तिमी रहेको थियो । उक्त गितमा नायिका बेनिशा हमालसङ्ग उनलाई भिडियोमा देख्न सकिन्छ भने उनको दोश्रो गित सुनकेशरीमा मोडल सुजना ढकाल र दिवस खड्काले अभिनय गरेका छन ।
कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड
सम्पादक : गोविन्द शर्मा
सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१