आईतवार, कार्तिक ९, २०७७ साल

विग्रेको सोलार मर्मतका लागि कार्यबाहक मेयर बर्माको रात्रीकालिन सक्रियता

लाेकप्रिय सन्देश २०७५ चैत्र २० गते 2.35K

नेपालगञ्ज, चैत २० गते । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष दीपक बर्माले बुधबार एक दिन कार्यबाहक मेयरको जिम्मेवारी पाए । मेयरको जिम्मेवारी पाएपछि उनले नेतृत्वको कौशलता देखाएका छन् । नगरभित्र राखिएका सोलार मर्मतसम्भारका लागि नेपालगञ्ज उपमहानगरपालिकाका कार्यबाहक मेयर दीपक बर्मा बुधबारराती आफै सडकमा खटिएका छन् । 


महिनौ.सम्म पनि सोलार प्यानलको मर्मत नभएपछि कार्यबाहक मेयर बर्माले बुधबार प्राविधिक कर्मचारीलाई लिएर राती मर्मतसम्भारमा खटिएका हुन् । नेपालगञ्जको जमूनाहदेखि कारकादौंसम्म १५० वटा सोलार प्यानल रहेकोमा करिब तीनदर्जन बिग्रेको पाइएको बर्माले जानकारी दिए । 

बुधबार रातीदेखि सुर्खेतरोडमा रहेका सबै सोलारबत्तीको प्राविधिक परीक्षण सुरु गरि बिहिवार विहानदेखि मर्मतसम्भारको काम सुरु गरि सोलार बत्ती झिलिमिली पारिने बर्माले बताए । यसअघि दिउसो  प्रमुख प्रशासकीय अधिकृत हरी प्याकुरेल, प्रबक्ता प्रमोद रिजाल, वडा नम्बर ६ का अध्यक्ष समीरप्रतापसिंह सहित बुधबार दिउसो कार्यबाहक मेयर बर्माले ल्याण्डफिलसाईटको स्थलगत अनूगमन गरी जानकारी लिर्दै बैशाखदेखि फोहोर ब्यवस्थापन कार्य सुरु हुने गरी निर्माणमा तिव्रता ल्याउन निर्देशन दिएका थिए ।  नेपालगञ्जमा हुने आठौं राष्ट्रिय खेलकुदका लागि लक्षित गरि सोलार मर्मतसम्भारमा ध्यान दिइएको उनले बताए । 

 


तपाईको प्रतिक्रिया

Copyrights © 2020 Lokpriyanews

Sunday, Oct 25, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१