आईतवार, कार्तिक ९, २०७७ साल

बहराईचमा भारतीय प्रधानमन्त्रीको चुनावी सभा

लाेकप्रिय सन्देश २०७६ बैशाख १७ गते 2.06K

बहराईच । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चुनावी सभामा सहभागी हुन मंगलबार उत्तरप्रदेशको बरहाईचमा पुगेका छन् ।  युपीका मुख्यमन्त्री योगी आदित्यनाथ लगायतका नेतासहित मञ्चमा पुगेका प्रधानमन्त्री मोदीले विपक्ष गठबन्धनप्रति चर्को टिप्पणी गरेका थिए । ५४३ सदस्यीय लोकसभामा युपीबाट सबैभन्दा बढि ८० निर्वाचन क्षेत्र छन् । भारतमा सरकार बनाउन महत्वपूर्ण भूमिका खेल्ने भएका कारण युपीको चर्चा बढि हुने गरेको छ । प्रधानमन्त्री मोदी युपीको बाराणसी, काँग्रेस अध्यक्ष राहुल गान्धी अमेठी, इन्दिरा गान्धी रायबरेली, मुलायम सिंह यादव, अखिलेश यादव, गृहमन्त्री राजनाथ सिंह लगायतका नेताहरु युपीबाट चुनावी मैदानमा छन् ।
तस्बीर सौजन्य /नवी अहमद - रुपैडिया

 


तपाईको प्रतिक्रिया

Copyrights © 2020 Lokpriyanews

Sunday, Oct 25, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१