आईतवार, कार्तिक ९, २०७७ साल

डिजिटल बाँके अभियान अन्तर्गत क्यान महासंघ बाँकेले निशुल्क वेभसाईट बनाईदिने

लाेकप्रिय सन्देश २०७६ बैशाख १९ गते 3.33K

नेपालगञ्ज, बैशाख १९ । डिजिटल बाँकेका लागि वकालत गर्दै आईरहेको क्यान महासँघ बाकेले एकसयवटा वेभसाईट निशुल्क बनाईदिने भएको छ । डिजिटल बाँकेको अभियानमा सहयोग पुग्ने हिसावले विभिन्न सामाजिक संघसंस्था लगायतका वेभसाईट निशुल्क बनाउन लागिएको हो । त्यसका लागि ईगलआईसँग सहकार्य गरिएको क्यान महासंघ बाँकेका अध्यक्ष भोजराज तिमिल्सेनाले जानकारी दिए ।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधी दिवसको अवसर पारेर बिहिवार क्यान महासंघले नेपालगञ्जमा प्रभातफेरी, पुरस्कार वितरण तथा क्यालेण्डर विमोचन गरेको छ । डिजिटल बाँके बनाउने अभियान अन्तर्गत आईडियाको खोजी गरिएको थियो । त्यसमध्येबाट उत्कृष्ट ३ आईडिया छनौट भएकोमा बिहिवार कार्यक्रममा तीन जनामा पनि उत्कृष्ट अनलाईन ब्लड बैकिङ सम्बन्धि आईडिया दिने बाँके बागेश्वरी कलेजका काशीराज गौतमलाई नगद ५ हजारसहित पुरस्कृत गरियो । क्यान महासंघ बाँकेका अध्यक्ष भोजराज तिमिल्सेनाको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगञ्ज उप–महानगरपालिकाका उपमेयर उमा थापा,  क्यान महासँघका केन्द्रीय सदस्य इश्वर पोख्रेल, पुर्ब केन्द्रीय उपाध्यक्ष सञ्जय थापा, प्रदेश ५ का अध्यक्ष ध्रुवराज शर्मा लगायत उपस्थित थिए । प्रभातफेरीमा क्यान महासंघसँगै उपमहानगरपालिकाले पनि सहकार्य गरेको थियो । 

 


तपाईको प्रतिक्रिया

Copyrights © 2020 Lokpriyanews

Sunday, Oct 25, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१