नेपालगञ्ज, जेठ ७ । नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १८ को कारकादौं गाउँभित्रको सडकको रुप नै फेरिएको छ । जीर्ण सडक सधैभरी हिलाम्मे हुने गरेकोमा वडा अध्यक्ष दिपक बर्माको पहलमा पिसिसी गरिएपछि आवागमनमा सहजता भएको स्थानीय बासिन्दाले जनाएका छन् ।
वडा अध्यक्ष बर्माले पुराना बस्तीहरु कारकादौं, भुजईगाउँ र लग्दहवामा बाक्लो बस्ती र सानो सडक भएका कारण पिसिसी गरिएको बताए । सडक निर्माणलाई प्रमुख प्राथमिकता दिएका छौं, वडा अध्यक्ष बर्माले भने,– आगामी बजेटमा संघ र प्रदेशमा पनि सडक कालोपत्रको योजना पार्न पहल गरेका छौं ।
वडा सदस्य दिग्विजय ढुंगानाले वडाभित्रका सबै सडकहरु कालोपत्रे गर्नेगरी योजना बनाइएको बताए । यो बर्ष धेरै सडकमा ग्राविल समेत गरिएको छ । वडा अध्यक्ष बर्माले चालु आर्थिकबर्षको बजेटमा समेत सडकलाई प्राथमिकता दिइने बताए ।
कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड
सम्पादक : गोविन्द शर्मा
सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१