नेपालगञ्ज, जेठ २२ । इस्लाम धर्मावालम्वीहरुको पवित्र महिना रमजानको अन्तिम दिन नेपालगञ्जमा बिहानैदेखि ईदको रौनक सुरु भएको छ ।
बुधबार विहान नेपालगञ्जको बिपीचौकमा हजारौं मुस्लिम समुदायले मुल्ुकमा अमन चयन र शान्तिको कामना गर्दै सामुहिक नमाज पढेका हुन् । शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राई सर्वसाधारणसँगै ईदगाहमा नमाज पढे । राईले ईदको सम्पूर्ण देशबासीमा शुभकामना ब्यक्त गरे । ईदको शुभकामना आदानप्रदानका लागि गैर मुस्लिम धर्मावलम्बीहरु ईदगाह पुगेका थिए । हिजरी सम्वतको ८ औं महिना रजबुल मुरज्जबको समाप्तीको भोलीपल्टदेखि रमजानुल मुबारकको महिना शुरु हुन्छ । अन्तिम दिन ईदको रुपमा मनाईन्छ ।
कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड
सम्पादक : गोविन्द शर्मा
सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१