नेपालगञ्ज,साउन १६ । नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १५ पिप्रहवाका वडा अध्यक्ष बल्लन कबडियाले नगरक्षेत्रमा गाभिएका साविकका गाविसलाई बढि बजेट दिनुपर्ने माग गर्नुभएको छ । नेपालगञ्ज नगरपालिकालाई उप–महानगरपालिका बनाउनेक्रममा पिप्रहवा लगायत आसपासका ११ गाविस मिसाइएको छ । साविकका नगरपालिकाका वडा भन्दा नयाँ थप भएका वडामा विकास कम छ , वडा अध्यक्ष कबडियाले भन्नुभयो,– यस्तो अवस्थामा उप–महानगरपालिकाले बजेट बनाउँदा ग्रामिण वडालाई बढि बजेट दिनुपर्दछ । साविकका गाउँ विकास समितिमा नगरको भन्दा कम विकास भएका कारण बढि बजेट दिनुपर्ने आफुहरुको माग रहेको उहाँले बताउनुभयो ।
कबडिया जनप्रतिनिधी भएको लगातार तेश्रो पटक हो । २०४९ र २०५४ सालको स्थानीय तहको निर्वाचनमा राप्रपाबाट निर्वाचित जनप्रतिनिधी कबडिया स्थानीय निर्वाचनमा संघीय समाजवादी फोरम नेपालबाट वडा अध्यक्षमा विजयी हुनुभएको हो । उहाँले अहिले जनप्रतिनिधीलाई बढि अधिकार भएपनि वडा तहमा आर्थिक अधिकार नहुँदा समस्या भएको बताउनुहुन्छ । पहिले जनप्रतिनिधीलाई जोखिम कम भएको उहाँको भनाई छ । वडा अध्यक्ष कबडिया आप्mनो कार्यकालमा वडाको मुख्य सडकलाई कालोपत्रे गरिसक्ने लक्ष्य लिएको बताउनुहुन्छ । सडक कालोपत्रेलाई पहिलो प्राथमिकता दिएका छौं, कबडियाले भन्नुभयो,– सडक कालोपत्रेपछि कृषिलाई प्राथमिकता दिइएको छ । दुईबर्षको अवधिमा सडक कालोपत्रे, आरसिसी गरिएको उहाँले बताउनुभयो । दुईबर्षको अवधिमा पिप्रहवामा सबै धर्मका धार्मिक संस्थाको संरक्षणमा ध्यान दिइएको छ । यसैगरी ह्याण्डपाईप वितरण गरिएको छ भने महिलालाई सिलाईकटाई मेशिन समेत उपलब्ध गराइएको छ । बाँकी रहेको आप्mनो कार्यकालमा वडालाई नगरका अन्य वडाभन्दा राम्रो बनाउने अभियानमा लागेको बताउँदै वडा अध्यक्ष कबडियाले वडाको विकास निर्माणमा सम्पूर्ण वडाबासीको साथ र सहयोगको अपेक्षा गरिएको बताउनुभयो । उहाँले सडक निर्माणलाई अबका बर्षमा पनि वडा कार्यालयले प्राथमिकता दिएर योजना अघि बढाएको बताउनुभयो । बुवा छेदन कबडिया र माता मुन्नि कबडियाको सन्तानको रुपमा बल्लनको ५० बर्षअघि पिप्रहवामा जन्म भएको हो ।
कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड
सम्पादक : गोविन्द शर्मा
सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१