बिहीवार, फागुन २०, २०७७ साल

जनताको सेवा गर्न राजनीतिमा आए – जोलाह

लाेकप्रिय सन्देश २०७६ श्रावन २१ गते 6.29K

नेपालगञ्ज, साउन २१ । ६५ बर्षअघि जयसपुरमा बुवा बजिर जोलाह र आमा मुरादन जोलाहको सन्तानको रुपमा जन्मिनुभएका हनिफ जोलाह हाल नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १६ जयसपुरको वडा अध्यक्ष हुनुहुन्छ ।  निर्माण ब्यवसायको क्षेत्रमा कार्यरत जोलाह साथीभाईको सरसल्लाहमा जनताको सेवा गर्न राजनीतिमा प्रवेश गरेको बताउनुहुन्छ ।  तीन दशकदेखि नेपाली काँग्रेसमा सक्रिय जोलाह वडा अध्यक्षमा निर्वाचित भएपछि दत्तचित्त भएर वडाको विकास निर्माणमा खटिनुभएको छ ।  दुईपटक स्थानीय निर्वाचनमा प्रतिष्पर्धी भई पराजित भएका जोलाह तेश्रो पटकको प्रयासमा वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो । 


सडक निर्माणलाई जोलाहले प्राथमिकता दिनुभएको छ । दुईबर्षको अवधीमा ४० वटा सडक निर्माण भईसकेका छन्, जोलाहले भन्नुभयो,– नाली तथा आरसिसी सडक पनि निर्माण भएका छन् ।  गाउँमा सडक बत्ति जडान भएपछि रातीको समयमा आवागमनमा सहज भएको छ । बाँकी रहेको कार्यकालमा सडक निर्माणलाई पूर्णता दिने उहाँको योजना रहेको छ । यसैगरी कृषिको आधुनिकीकरण र ब्यावसायिकरणका लागि पहल गर्ने, तालको संरषण गर्ने, विद्यालय तथा मदरसाको संरक्षण गर्ने उहाँका योजना रहेका छन् ।  जनताको सेवा गर्न राजनीतिमा आएको बताउने वडा अध्यक्ष जोलाह जनताको सेवा गर्न कुनै झन्झन नरहेको बताउनुभयो । 

 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Thursday, Mar 04, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१