आईतवार, फागुन १६, २०७७ साल

वडाको विकास निर्माणमा सक्रिय विद्याराम

लाेकप्रिय सन्देश २०७६ श्रावन २५ गते 5.09K

नेपालगञ्ज,साउन २४ ।   नेपालगञ्जको पुरैनीमा राजनीतिक परिवारमा २०२५ सालमा जन्मिएका विद्याराम वर्मा हाल वडा नम्बर २२ को वडा अध्यक्षको  जिम्मेवारीमा रहनुभएको छ ।  बुवा नन्कौं प्रसाद कुर्मी र आमा रामरानी कुर्मीको सन्तानको रुपमा जन्मिनुभएका विद्याराम सानै उमेरदेखि राजनीतिमा सक्रिय हुनुभएको हो । उहाँ २०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागी हुनुभएको थियो ।  २०५३ सालमा नेपाली काँग्रेसको सक्रिय सदस्यता प्राप्त गरेपछि बर्मा पार्टीको ईकाई सचिव र सभापति हुनुभयो । सामाजिक क्षेत्रमा नेपाल रेडक्रस सोसाइटी , स्थानीय विद्यालय ब्यवस्थापन समितिमा आवद्ध भई वर्मा सक्रिय हुनुभयो । 


वडा अध्यक्षमा निर्वाचित भएपछि बर्माको प्राथमिकता सडक स्तरउन्नतीमा परेको छ । पहिले पुरैनी सडक कालोपत्रे थिएन, वर्माले भन्नुभयो,– अहिले सडक कालोपत्रेसँगै भित्रि गाउँमा पिसिसी भएको छ । हाल सात टोलमा पिसिसी भएको छ भने चारस्थानमा बन्नेक्रममा रहेको छ । यसैगरी कान्तिताल ठेक्का भएर निर्माण अघि बढ्ने क्रममा रहेको छ । वडाले विकाससँगै कृषि, लक्षितवर्ग, शिक्षा र स्वास्थ्यमा पनि ध्यान दिएको छ । स्वास्थ्यमा भौतिक पूर्वाधार निर्माण र उपकरणमा ध्यान दिइएको छ । यसैगरी किसानलाई स्प्रे टंकी वितरण गरिएको छ ।  मन्दिर, यज्ञशाला, सामुदायिक भवन निर्माण भएको छ ।  कच्ची सडकमा ग्राविल गरि स्तरउन्नती भएको वडा अध्यक्ष वर्माले बताउनुभयो । वडाको विकास निर्माणका लागि अवसर र चुनौती दुबै छन, वर्माले भन्नुभयो,–  निर्वाचित भएर आएपछि रात दिन वडाको विकासमा लागिपरेका छौं ।  अढाईबर्षभित्र वडाभित्रका सबै सडक कालोपत्रे हुने अध्यक्ष वर्माको बिश्वास छ ।  


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Sunday, Feb 28, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१