बिहीवार, फागुन २०, २०७७ साल

वडा अध्यक्ष शाहको भिजन-आधुनिक कृषि प्रविधीले आत्मनिर्भर वडा बन्न सक्छ

लाेकप्रिय सन्देश २०७६ श्रावन २९ गते 8.17K

नेपालगञ्ज,साउन २९ ।    ५ दशकअघि बुवा नेबबहादुर शाह र आमा अम्बिका शाहको सन्तानको रुपमा जन्मिएका बीरेन्द्र बहादुर शाहले राजधानीको त्रिचन्द्र कलेजबाट स्नातक अध्ययन गरेपछि रोजगारीका थुप्रै अवसर छोडेर राजनीतिमा सक्रिय 
रहनुभएको छ । हाल नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १३ को वडा अध्यक्ष शाह बाँकेको राजनीतिमा चर्चित नाम हो । २०४४ सालदेखि विद्यार्थी संगठन हुँदै राजनीतिमा सक्रिय शाह हाल तरुण दल बाँकेको अध्यक्ष र नेपाली काँग्रेस बाँकेको जिल्ला सदस्य हुनुहुन्छ । 


वडा अध्यक्षमा निर्वाचित भएपछि शाहको जिम्मेवारी पनि फेरिएको छ ।  साविक नेपालगञ्जको वडा नम्बर १७ र उदयपुर गाविस गाभेर वडा नम्बर १३ बनेका कारण विकासमा वडाभित्र असमानता पनि देखिन्छ ।  वडा अध्यक्ष शाह सम्पूर्ण वडाको विकास निर्माणमा सक्रिय भएर लागेको बताउनुहुन्छ । उहाँको पहलमा साविक उदयपुर गाविसमा पहिलो पटक सडक कालोपत्रे भएको छ । तीन किलोमिटर  लामो सडक कालोपत्रे भएको हो । यसैगरी भित्री वस्तीमा सडक पिसिसी गरिएको छ ।  खानेपानी धारणा वितरण, सरस्वती मन्दिरको पुननिर्माण, नाली निर्माण, विद्यालयमा भौतिक पूर्वाधार निर्माण लगायतका काम वडामा भएका छन् । बाल उद्यान निर्माणको क्रममा रहेको शाहले बताउनुभयो । यसैगरी बालमैत्री  वडा बनाउने अभियान चल्दैछ । वडाको उदयपुर क्षेत्रमा कृषिमा प्राथमिकता दिएका छौं, वडा अध्यक्ष शाहले भन्नुभयो,– डीप बोरिङ्ग मर्मत गरि संचालन गर्ने 
र स–साना अन्य बोरिङ्ग थप गरिनेछ ।  कृषिमा आत्मनिर्भर बनाउनका लागि कृषक समूह बनाउने, उन्नतजातको विउ 
वितरण गर्ने र आधुनिक प्रविधिमा सहयोग गर्ने वडाको योजना छ । यसैगरी सामुदायिक विद्यालयको स्तर सुधारका लागि अभिभावक लाई सचेत पार्ने अभियान सुरु गर्ने शाहले बताउनुभयो ।


 सार्वजनिक जग्गा पहिचान गरि संरक्षणको नीति लिइएको छ । यसैगरी स्वास्थ्यमा पनि वडाको प्राथमिकता रहेको छ । शाहले बाँकी कार्यकालमा  अन्य वडा जोड्ने सडक कालोपत्रे गर्ने, अन्य प्रमुख सडक कालोपत्रे गर्ने योजना रहेको बताउनुभयो । उहाँले साविक १७ नम्बर वडामा सरसफाई र उदयपुरमा कृषिलाई प्राथमिकता दिने कार्यक्रम ल्याइएको बताउनुभयो । वडाको समग्र विकास निर्माणका लागि सबै वडाबासीको रचनात्मक सुझावको अपेक्षा गरिएको शाहले बताउनुभयो ।  


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Thursday, Mar 04, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१