सोमबार, माघ ५, २०७७ साल

यु–१९ मा अन्तिम खेलमा नेपालको सानदार जित

लाेकप्रिय सन्देश २०७६ भाद्र २४ गते 2.23K

 २४ भदौ, काठमाडौं । यू–१९ एसिया कप क्रिकेटको अन्तिम खेलमा नेपालले यूएईमाथि १६० रनको फराकिलो जित हात पारेको छ । नेपालले दिएको २८६ रनको ठूलो लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको यूएईले ३४.४ ओभरमा सबै विकेटको क्षतिमा १२५ रन मात्रै बनाउन सक्यो । यूएईका लागि व्रित्य अरविन्दले सर्वा्धिक २८ रन बनाए । बलिङतर्फ नेपालका सागर ढकालले तीन विकेट लिदा, राशिद खान, पवन सर्राफ र सुर्य तामाङले समान २(२ विकेट लिए । 

यसअघि मारियन्स क्रिकेट ग्राउण्ड, श्रीलंकामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धा्रित ५० ओभरमा ९ विकेट गुमाएर २८५ रन बनाएको थियो । मात्र ८ रन जोड्दा सुरुवाती दुई विकेट गुमाएको नेपालका लागि कप्तान रोहितकुमार पौडेलले कप्तानी पारी खेले । उनले तेस्रो विकेटका लागि आशिफ शेखसँग ७१ र चौथो विकेटका लागि सन्दीप जोरासँग ८५ रनको साझेदारी गरे । रोहितकुमार ६७ रनमा आउट भए । आशिफले ४५ र सन्दीपले ४८ रन बनाए । भीम सार्की मात्र एक रनमा आउट भए । कुशल मल्ल २२ रनमा आउट भए, जतिबेला नेपालको स्कोर २०६र७ थियो । आठौं विकेटका लागि रासिद खान र कमल सिंह ऐरीले ७० रनको उत्कृष्ट साझेदारी गरे । राशिद ४४ रनमा आउट भए । आक्रामक पारी खेलेका कलमसिंहले २५ बलमा ४१ रन बनाए । सागर ढकाल २ रनमा नटआउट रहे ।

लगातार दुई खेल हारेसँगै समूह चरणबाट बाहिरिएको नेपालका लागि यो जित सान्त्वना मात्र रहृयो । आफ्नो पहिलो खेलमा श्रीलंकासँग पाँच विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा बंगलादेशसँग ६ विकेटले पराजित भएको थियो । बंगलादेशले निकै प्रतिष्पर्धात्मक खेलमा अन्तिम ओभरमा लक्ष्य पुरा गरेको हो । 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Monday, Jan 18, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१