सोमबार, माघ ५, २०७७ साल

योगिनी कपलाई नेपाल आइसको मुख्य प्रायोजन

लाेकप्रिय सन्देश २०७६ भाद्र २६ गते 3.87K

नेपालगन्ज, भदौ २६ गते / बाँकेको पश्चिम क्षेत्रमा हुन लागेको सर्वाधिक पुरस्कार राशीको फुटबल योगिनी कप फुटबल प्रतियोगितालाई नेपाल आईस वियरले मुख्य प्रायोजन गर्ने भएको छ । बिहिबार नेपालगन्जमा भएको पत्रकार सम्मेलनमा सिजीब्रुअरी (नेपाल) प्राली र आयोजक सहयोग आवाज नेपालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन । प्रतियोगिता संयोजक तरिन्द्र बहादुर थापा र सिजी ब्रुअरी(नेपाल) प्रालीका म्यानेजर उमेश निरौलाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । बिहिबारको सम्झौता पश्चात प्रतियोगिताको नाम नेपाल आइस योगिनीकप फुटबलप्रतियोगिता हुने भएको छ । सिजीब्रुअरी(नेपाल) प्रालीका म्यानेजर उमेश निरौलाले सिजीब्रुअरी खेलकुदको विकासका लागि सधै अग्रसर भएर लागेको बताउनु भयो । 


नेपालका विभिन्न स्थानमा भैरहेको फुटबल प्रतियोगितामा सिजीले प्रायोजन गर्दै आएको बताउँदै निरौलाले भन्नुभयो, ‘सिजी फुटबलको विकासमा सधै सहयोग गर्न तयार छ । हामीले देशका विभिन्न खेलकुद प्रतियोगिता र सामाजिक कार्य गर्दै आएको छौं । आज बाँकेको खेलकुदमा उर्वर मानिएको क्षेत्रमा हुन लागेको प्रतियोगितामा प्रायोजन गर्न पाउँदा खुसी छौं । यसले प्रतियोगिताको स्तर बढनुका साथै खेलाडीले अवसर पाउनेछनभन्ने विश्वास लिएको छौं ।’ सिजीसँगको सहकार्यले खजुरा क्षेत्रबाट राष्ट्रिय स्तरका प्रतिभा जन्मने आसा  गरेको निरौलाले पत्रकार सम्मेलनमा बताउनु भएको थियो । 


खजुरा–२ गौघाट स्थित योगिनी उच्च माविको खेल मैदानमा प्रतियोगिता हुदैछ । प्रतियोगितालाई खजुरावासी र विदेशमा रहेका युवाहरुले सहयोग गरिरहेको प्रतियोगिता संयोजक तरिन्द्र बहादुर थापाले बताउनु भयो । पत्रकार सम्मेलनमा बोल्दै थापाले भन्नु भयो, ‘आज सिजी ब्रुअरी (नेपाल) प्रालीको नेपाल आइससँग प्रतियोगिताको मुख्य प्रायोजन बारे सार्वजनिक गर्न पाउँदा हामीले खुसीमहशुस गरिरहेको छौ । नेपाल आइस सँगको सम्झौतापछि प्रतियोगिताले थप उचाइ हासिल गर्ने हामीले विश्वास लिएकाछौं ।’ प्रतियोगितामा गरिएको सम्झौता र े आपसी सहमतीमा गोप्य राख्ने निर्णय गरेको थापाले बताउनुभयो । तर सम्झौताले ग्रामिण क्षेत्रमा हुन लागेको फुटबलको विकासमा नयाँ इतिहास रच्ने उहाँले बताउनु भयो । यसैगरी प्रतियोगितामा सहभागी हुने योगिनी माविको ‘ए’टिमलाई म्यानेजर उमेश निरौलाले जर्सी प्रायोजन गर्नुभयो । योगिनीको ‘बी’टिमलाई निर्देशक, समाजसेवी, कलाकार खजुरा गाउँपालिका निवासी शेखर खनालले जर्सी र खेलकुद सामाग्री प्रायोजन गर्नुभयो । 


बिहिबार भएको पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल संघका सदस्य एवम प्रशिक्षक सानु तामाङले योगिनी कप फुटबलले करियर बनाउनचाहने युवाहरुका लागि थप हौसला प्रदान गरेको बताउनुभयो ।  बाँके जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा गर्न लागिएको यस प्रतियोगितामा बाँके र बर्दियाका गरी ८ वटा फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन । प्रतियोगिता सविधान दिवसको अवसर पारेर असोज ३ गते देखी सुरु भइ असोज ७ गते सम्म चल्नेछ । अनुमानित ३ लाख ५० हजार बजेट रहेको प्रतियोगितामा प्रथम हुने क्लबले ५० हजार, दोस्रो हुनेले २५ हजार नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १० हजार, विधागत रुपमा उत्कृष्ट गोलकिपर, फरवार्ड, मिडफिल्डर, डिफेन्स र प्रशिक्षक जनही ५ हजार प्रदान गर्ने प्रतियोगिता संयोजक थापाले बताउनु भयो । 

 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Monday, Jan 18, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१