आईतवार, फागुन १६, २०७७ साल

वडा अध्यक्ष राठौंर भन्नुहुन्छ– जनताको बिश्वासले राजनीतिमा टिकाएको छ

लाेकप्रिय सन्देश २०७६ असोज ८ गते 5.06K

नेपालगञ्ज, असोज ८ गते । मधेस आन्दोलनको केन्द्रभागमा रहेको नेपालगञ्ज उपमहानगरपालिकाको त्रिभुवन चोक समेत पर्ने  वडा नम्बर ११ मा उज्जवलसिंह राठौंर पञ्चायतकालिन समयदेखि जनताको प्रतिनिधित्व गर्दै आउनुभएको छ ।  जनताको बिश्वास जितेका कारण अधिकाँश निर्वाचनमा विजयी हुँदै आएको बताउने राठौर राजनीतिक ब्यक्तिगत फाईदाका लागि नभई समाजसेवाका लागि गर्दै आएको बताउनुहुन्छ । राठौंरका हजुरबुवा, बुवा हुँदै परिवारका सदस्यहरु राजनीतिमा लागेका कारण आफु पनि राजनीतिमा सक्रिय भएको बताउनुहुन्छ । २०१६ सालमा सल्यानको बडागाउँमा पिता शम्शेरबहादुर सिंह राठौंर र आमा देवकुमारी सिंह राठौंरको सन्तानका रुपमा जन्मिएका उज्जवल ३ बर्षको उमेर छदैं परिवार नेपालगञ्ज बसाईसरेको हो । नेपालगञ्जको नारायण मावि हुँदै उहाँले भारतबाट उच्च शिक्षा पुरा गर्नुभएको छ । २०३६ सालको जनमतसंग्रहदेखि राजनीतिमा प्रवेश गर्नुभएका राठौंर पञ्चायतकालमा एकपटक वडा सदस्यमा निर्वाचित हुनुभयो भने अर्कोपटक मनोनित भएर काम गर्नुभयो । त्यतिबेलाको जनताको पक्षमा गरेको काम र ब्यवहारले अहिले पनि जनताले बिश्वास गर्ने गरेका छन, वडा अध्यक्ष राठौंरले भन्नुभयो,– जाति, धर्म र क्षेत्र भन्दा पनि यहाँका सबै वडाबासीले मलाई विश्वास गर्दै आउनुभएको छ । 


वडा अध्यक्षमा निर्वाचित भएपछि राठौंरले सडक  निर्माणलाई प्राथमिकता दिनुभएको छ । स–साना गल्ली धेरै भएका कारण पिसिसी निर्माण भईरहेको छ । बाँकी कार्यकालभित्र वडाको सबै सडक कालोपत्रे र पिसिसी गरिसक्ने उहाँको योजना छ । राठौंरले नयाँ वस्तीमा खानेपानी सुविधा पुगेको बताउँदै आवश्यक स्थानमा विद्युतका पोल समेत उपलब्ध गराएको बताउनुभयो । लक्षितवर्गका बाहेक शिक्षा र स्वास्थ्यमा समेत वडा कार्यालयको ध्यान पुगेको उहाँको भनाई छ । 

 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Sunday, Feb 28, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१