आईतवार, फागुन १६, २०७७ साल

यसरी गर्न सकिन्छ एनपिस अवार्डका लागि उमा थापालाई भोट

लाेकप्रिय सन्देश २०७६ कार्तिक ७ गते 10.48K
नेपालगन्ज ।
नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापामगर अन्तराष्ट्रिय अवार्डका लागी मनोनीत हुनुभएको छ उपमेयर थापा हरेक वर्ष युएनडिपिले प्रदान गर्ने एनपिस (N-PEACE) अवार्डका लागि मनोनित हुनुभएको हो ।
उपमेयर हुनु अघि डेढ दशकसम्म पत्रकारितामा क्रियाशिल थापा लैंगिक समानता र सामाजिक न्यायका लागि आवाज उठाउदै आउनुभएको छ ।  विभिन्न सामाजिक संघ संस्था, समुहका माध्यमबाट युवा, महिला र पछाडि परेका समुदायका विषयमा पनि सामाजिक अभियान्ताका रुपमा क्रियाशिल हुनुहुन्छ । हक्की स्वाभाव र खुला विचारकी उमा दीगो शान्ति र न्यायको पक्षमा वकालत गर्दै आउनुभएको छ  । पत्रकारिता र अन्य सामाजिक कार्यमा क्रियाशिल रहदा र उपमेयरमा विजयी भएपछि पनि न्याय र समतामूलक समाज निर्माणका लागि अहोरात्र खट्दै आएकी थापालाई एनपिस नेटवर्कले अनटोल्ड स्टोरी (UNTOLD STORIES)  विधामा मनोनीत गरेको आफ्नो वेबसाईटमार्फत जानकारी दिएको छ । 
 
उपमेयर थापाले लामो समय सामाजिक मुद्दामा आफूले गरेको कामको योगदानको मूल्यांकन गरेर अवार्डका लागि मनोनीत गर्ने व्यक्ति र संस्थालाई धन्यवाद दिनुभएको छ । उहाँले आफ्नो अमूल्य मत दिएर विजयी गराउन समेत सबैसंग आग्रह गर्नुभयो । यूएनडीपीले शान्ति स्थापना र लैंगिक समानताका लागि काम गर्ने एसिया अन्तर्गत नेपाल, फिलिपिन्स, अफगानिस्तान, श्रीलंका, पाकिस्तान, म्यानमार र इन्डोनेसियाका अभियान्ता र संस्थालाई हरेक वर्ष एनपिस अवार्ड प्रदान गर्दै आईरहेको छ ।  यही नोवेम्बर ७ सम्म इमेल मार्फत मत दिन सकिनेछ । 
उमालाई यसरी भोट गर्न सकिनेछ । 
 सर्वप्रथम http://n-peace.net/nominee/uma-thapa-magar/ वेवसाईटमा जानुस । 
 उमा थापामगरको पेज खुलेपछि पेजको तल VOTE NOW मा क्लिक गर्ने । 
 खुलेको नयाँ पेजको तल or Sign Up here for voting मा क्लिक गर्ने । 
 आफ्नो नाम, इमेल, देश, लिंग, फोन, पासवर्ड भरेपछि kl5 I am not a robot को बक्समा क्लिक गर्ने । -note - यहाँ कुनै तस्विरहरु देखियो भने जुन तस्विरको नाम लेखिएको छ ति तस्विरहरुमा क्लिक गरेर Verify  मा जाने । सहि चिन्ह आयो भने Sign Up  मा क्लिक गर्ने  
 Thank you for signing up. We have sent an activation link भन्ने देखाउँछ । त्यसपछि
 आफ्नो इमेल चेक गर्ने N Peace को इमेल आएको छ भने खोलेर Click here to login  मा क्लिक गर्ने । (नोट  यदि इमेल आएको छैन भने पुन माथिको स्टेप पुरा गर्ने ।)
 नयाँ पेजमा your account is verified …….. को अन्तमा Vote now मा क्लिक गर्ने 
 individual awards 2019 को तल  UNTOLD STORIES  क्लिक गर्ने । 
Untold sotries को तल Click here to vote मा जाने 
 उमा थापा मगरलाई खोजेर फोटोमा क्लिक गर्ने । 
 उमा थापा मगरको पेजको तल vote now गएर क्लिक गरेपछि Thank you for voting.भन्ने म्यासेज आएपछि मात्र vote हुन्छ । 

तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Sunday, Feb 28, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१