बिहीवार, फागुन २०, २०७७ साल

डेढबर्षमा मन्त्री राईको विदेश भ्रमण शुन्य

लाेकप्रिय सन्देश २०७६ कार्तिक २२ गते 7.4K

नेपालगञ्ज, कात्तिक २२ । बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद मोहम्मद ईस्तियाक राई डेढबर्षअघि जेठ १८ गते नेपाल सरकारको शहरी विकास मन्त्री हुनुभयो । मन्त्री भएपछि महिनामा २/३ पटक गृह जिल्ला बाँकेमा आईरहने मन्त्री राईले हालसम्म विदेश भ्रमण भने गर्नुभएको छैन् ।

डेढ वर्षको अवधीमा मन्त्री राईको विदेशभ्रमण शुन्य रहेको छ । कतिपय विदेश भ्रमणमा निम्ता आएपनि पोर्टफोलियो मिल्दैन, मन्त्री राईले भन्नुभयो,– गृह जिल्लामा अत्यावश्यक काममा सहभागी हुनुपर्ने भएकाले केही भ्रमण स्थगित गर्नुपरेको छ । उहाँले घुम्नका लागि जुनसुकै भ्रमणमा पनि जानुपर्छ भन्ने सोच आफुमा नरहेको बताउनुभयो । अन्य मुलुकका सचिवहरु अध्यक्ष हुने बैठकमा मन्त्रीको सहभागिता हुनुहुदैन भन्ने मेरो मान्यता छ, मन्त्री राईले भन्नुभयो, हाम्रो मन्त्रालयमा समेत कर्मचारीलाई अत्यावश्यक भ्रमणमा मात्रै पठाउनका लागि समिति नै गठन गरिएको छ ।

मन्त्री राईले मन्त्रालयमा आउने औपचारिक भ्रमणमा अन्य कर्मचारीलाई पठाउने गरिएको बताउनुभयो । 

 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Thursday, Mar 04, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१