सोमबार, माघ ५, २०७७ साल

क्रिकेटमा छनौट नभएकी सञ्जुले जितिन भारत्तोलनमा स्वर्ण

लाेकप्रिय सन्देश २०७६ मंसिर १९ गते 3.98K

नेपालगञ्ज,मंसिर १९ ।     नेपालगञ्जकी सञ्जु चौधरीलाई एथ्लेक्टिक्स खेलपछि क्रिकेटमा रुची जाग्यो । तर क्रिकेटको प्रारम्भिक टोलीमा छनौट नै हुन नसकेपछि चौधरी केही समय निराश देखिनुभयो । भारत्तोलनका अन्तर्राष्ट्रिय खेलाडी सम्सुद्धिन सिद्धिकीको प्रेरणाले करिब डेढबर्षअघि सञ्जु भारत्तोलन खेलमा जोडियो । डेढवर्षको अवधीमै सञ्जुले बिहिवार साग खेलकुदमा स्वर्ण पदक जितेर ईतिहास कायम गर्नुभएको छ । नेपालकी  चौधरीले १३ औं साग खेलकुद अन्तर्गत भारोत्तोलन प्रतियोगितामा स्वर्ण पदक जित्दै इतिहास रच्नुभएको हो । महिला ५९ केजी तौल समूहमा सञ्जुले श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जित्न सफल हुनुभएको हो  । उहाँ सागमा भारोत्तोलनमा स्वर्ण जित्ने पहिलो महिला खेलाडी हुनुभएको छ । नेपालगञ्जका सम्सुद्धिन सिद्धिकी र सुरेन्द्र हमाल झै उहाँले भारत्तोलनमा सफलता पाउनुभएको छ । 


पोखराको माटेपानीस्थित एसआर केसी बैंक्वेटमा बिहीबारदेखि सुरु प्रतियोगितामा सञ्जुले स्न्याचमा ७४ र क्लीन एन्ड जर्कमा ९७ सहित १७१ केजी भार वहन गर्दै राष्ट्रिय कीर्तिमान (स्न्याच, क्लीन एन्ड जर्क तथा टोटलतर्फ) का साथ साग भारोत्तोलनमा महिलातर्फ पहिलो स्वर्ण जित्न सफल हुनुभएको नेपाल भारत्तोलन संघका केन्द्रीय सदस्य सम्सुद्धिन सिद्धिकीले जानकारी दिनुभयो ।  प्रतियोगितामा श्रीलंकन खेलाडी आर.एम.एन.एस. राजापाक्षेले स्न्याचतर्फ ७० र क्लीन एन्ड जर्कमा ९१ गरी १६१ केजीका साथ रजत र बंगलादेशकी फायमा अख्तरले स्न्याचमा ७० र क्लीन एन्ड जर्कमा १६० केजी भार वहन गर्दै कास्य जित्नुभयो ।  चार देशले भाग लिएको विधामा पाकिस्तानको पनि सहभागिता थियो । साग भारोत्तोलनमा गत वर्षबाट मात्र नेपालले महिलातर्फ सहभागिता जनाएको हो । चौधरीले हालै कोरियाबाट प्रशिक्षण लिएर आउनुभएको हो । हालै चीनमा भएको प्रतियोगितामा समेत चौधरीले पदक जित्नुभएको थियो । 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Monday, Jan 18, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१