नेपालगञ्ज, मङ्सिर ३० गते । दक्षिण एशियाली क्षेत्रीय खेलकुद प्रतियोगिता(साग)मा पदक विजेता नेपालगञ्जका खेलाडी र प्रशिक्षकलाई सोमबार नेपालगञ्जमा सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले नगद सहित सम्मान गर्नुभएको छ ।
मन्त्री राईको नेपालगञ्जस्थित निवासमा भएको कार्यक्रममा भारत्तोलनमा स्वर्ण पदक विजेता सञ्जु चौधरीलाई ६१ हजार र काश्यपदक विजेता प्रकाश केसीलाई ३१ हजार र प्रशिक्षक शकील अहमदलाई ५० हजार रुपिया सहित सम्मान गरिएको
हो ।
खेलाडी र प्रशिक्षकको सम्मान गर्दै मन्त्री राईले खेलाडीले साग खेलकुदमा प्राप्त गरेको सफलताले नेपालले पनि खेलकुदमा राम्रो गर्न सक्छ भन्ने सन्देश दिएको बताउनुभयो ।
कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड
सम्पादक : गोविन्द शर्मा
सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१