सोमबार, माघ ५, २०७७ साल

बाँकेको खजुरामा दोस्रो मेयर रनिङ शिल्ड शुरु

लाेकप्रिय सन्देश २०७६ पौष २८ गते 1.78K

खजुरा, २८ पुस । खजुरा गाउँपालिका शिक्षा समितिको आयोजनामा आज सोमवारदेखि दोस्रो अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ ।  शिक्षा, स्वास्थ्य र खेलकूद खजुराको साान, विविधतामा एकता हाम्रो पहिचान भन्ने मूल नाराका साथ शुरु भएको उक्त प्रतियोगिताको पूर्व खेलकुदमन्त्री दलजीत सिर्पालीले उद्घाटन गर्दै नारा झै खजुरा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा प्रदेश सांसद बाबुराम गौतम, आइपी खरेलले शिक्षा र खेलकुदको क्षेत्रको विकासमा खजुरा गाउँपालिकाको अभियानमा आफुहरुको साथ र सहयोग रहेको बताउनुभयो । खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले खजुराले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिप्रस्र्धा गर्ने खेलाडी जन्माएको उल्लेख गर्दै खेलकुद क्षेत्रको विकास गरी गाउँपालिकालाई खेलकुदको हब बनाइने बताउनुभयो । कार्यक्रममा शिक्षा विज्ञ भक्तबहादुर केसीले प्रतियोगितालाई सम्पन्न गर्न सबै जिम्मेवारीमा रहेका तथा खेलाडी विद्यार्थीलाई आग्रह गर्नुभयो ।

व्यवस्थापनको जिम्मा पाएको विद्यालय अमर मावि व्यवस्थापन समितिका अध्यक्ष डम्बर विक तुफानलगायतले देश र विश्वमा चिनाउने अभियान मेयर रनिङ शिल्ड भएको बताउनुभयो । आगामी माघ ३ गतेसम्म संचालन हुने मेयर रनिङ शिल्ड प्रतियोगितामा आयोजना स्थल अमर मावि गौतमबस्ती सि गाउँमा विभिन्न विधाका खेलहरु संचालन भइरहेका छन् । प्रतियोगितामा खजुरा क्षेत्रका ६५ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा मा.वि.(कक्षा ९­१२), आधारभूत तह (कक्षा १­८) र आधारभूत तह (कक्षा १­५) मा अध्ययनरत क्रमशः १८ वर्ष, १४ वर्ष र १२ वर्ष मुनिका सामुदायिक, संस्थागत र मदरसा गरी ६५ विद्यालयका १ हजार ४०६ विद्यार्थीहरुको सहभागिता जनाएका छन् । आधारभूत तह (कक्षा १­५) का लागि बालमैत्री खेलहरु खेलाइने छ । मा.वि तर्फ एथलेटिक्स, भलिवल, कपड्डी, मार्शल आर्ट र चेस खेलका ३३ इभेन्ट्स, आधारभूत तह कक्षा (६­८) तर्फ एथलेटिक्स, कपड्डी, मार्शल आर्ट र चेस खेलका २५ इभेन्ट्स तथा आधारभूत तह कक्षा १­५ तर्पलङजम्प, रिले १०० मि.दौड, चम्चा दौड ३० मि. र कुर्सी दौड खेलका ७ इभेन्ट्स गरी जम्मा ६५ ओटा खेलहरुमा प्रतिस्पर्धा भइरहेको छ ।  प्रतियोगिताका प्रथम, द्वित्तीय र तृतीय स्थान हासिल गर्ने विद्यालयहरुलाई मा.वि.तर्फ  क्रमशः २० हजार, १० हजार र ७ हजार, आधारभूत तह १० हजार, ७ हजार ५ हजार  नगद पुरस्कार प्रदान गरिने छ । यसैगरी आधारभूतमा प्रथम, द्वित्तीय र तृतीयलाई क्रमशः ५ हजार,  ३ हजार र २ हजार नगद पुरस्कार, प्रमाणपत्र र ट्र«फी प्रदान गरिने .छ ।


 विभिन्न विद्यालयको मार्च पास, खजुरा गाउँपालिका मिश्रित जातजाति र धर्मावलम्वीहरुको बसोवास क्षेत्र रहेकोले धार्मिक सद्भावको प्रतिकको रुपमा मेयर रनिङ शिल्ड खेलकूदको लोगोमा विविध धर्मका धार्मिक स्थलहरु अंकित गरिएको छ । त्यसैगरी खजुरा गाउँपालिकाको वडा नं. ६ गिजरा सामुदायिक वनमा पाइने विश्वकै लोपोन्मुख जनावर हुँडार (हाइना) लाई प्रतिक चिन्ह (मस्कट) को रुपमा राखिएको छ ।  शिक्षा, स्वास्थ्य र खेलकूद एकअर्काका परिपूरकका रुपमा रहेकाले र खजुरामा विविध जातजाति एवं भेषभुषा र संस्कृतिले सजिएको झाँकी तथा नौमती बाजा उद्घाटनमा प्रस्तुत गरिएको थियो । कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का खजुरा गाउँपालिका उपप्रमुख एकमाया विक, बाँकेका प्रहरी प्रमुख वीरबहादुर ओलीलगायतको सहभागिता रहेको थियो ।

 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Monday, Jan 18, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१