नेपालगञ्ज,माघ १ । नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष दीपक वर्माले वडाभित्र खेलकुदमा क्रियाशिल युवाहरुलाई प्रोत्साहन गर्ने नीति वडा कार्यालयको भएको बताउनुभएको छ । खेलकुदमा बाल्य अवस्था देखि नै राज्यले लगानी गरेमा मात्रै राज्यले प्रतिफल पाउन सक्ने वडा अध्यक्ष वर्माले बताउनुभयो । वर्माले नेपालगञ्जमा जारी वडा स्तरीय क्रिकेट प्रतियोगिताका लागि वडा कार्यालयबाट एकलाख रुपिया सहयोग गरिएको जानकारी दिनुभयो ।
वडा स्तरीय क्रिकेटमा सहभागी हुने वडाको टोलीलाई आवश्यक खेलकुद सामाग्री सहयोग गरेको जानकारी दिदै वर्माले स्तरीय खेल पस्कदै सफलता प्राप्त गर्न शुभकामना समेत दिनुभयो ।
कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड
सम्पादक : गोविन्द शर्मा
सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१