सोमबार, माघ ५, २०७७ साल

युनाइटेड ग्रुप दोस्रो अन्तर वडास्तरीय क्रिकेटमा १७ र २३ विजयी

लाेकप्रिय सन्देश २०७६ माघ १४ गते 1.14K

 

बाँके, माघ १४ गते / वडा नम्बर १७ र २३ नम्बरले नेपालगन्जमा जारी युनाइटेड ग्रुप दोस्रो अन्तर वडास्तरीय क्रिकेटमा प्रतियोगितामा जित हासिल गरेका छन । मंगलबार १७ नम्बर वडाले ७ नम्बर वडालाई ३८ रनले पराजित गरेको छ । अर्को खेलमा २३ नम्बर वडाले १२ नम्बरलाई १३ रनले हरायो । मंगलबार प्रसाद उच्च माविको खेल मैदानमा टस जितेर ब्याटिङ गरेको १७ नम्बर वडाले १९ ओभरमा १ सय ५९ रन बनाएको थियो । टोलीका लागि हुसेन शेखले ५२ रन र बिमलले २४ रन बनाए । ७ नम्बरका शुसान्त श्रेष्ठले ३ विकेट, फर्दिन खान र कलिम राईले २–२ विकेट लिए । 


जवाफी ब्याटिङमा ७ नम्बरले १ सय २१ रनमा अलआउट भयो । टोलीका लागि अनुर्दिन अन्सारीले ३१ रन, हुसेन आलम अन्सारीले १४ र सकिल साहले १२ रन बनाए । १७ नम्बरका हुसेन शेख र सुफियान नाउँले ३–३ विकेट लिएका थिए । अनुपम सिहले २ विकेट लिए । खेलमा हुसेन म्यान अफ द म्याच, सुफियान नाउँले म्याजिक मुभमेन्टको पुरस्कार जिते । यसैगरी मंगलप्रसाद माविमा भएको पहिलो खेलमा २३ नम्बर वडाले १२ नम्बरलाई १३ रनले हराएको छ । खेलको सुरुवाती व्याटिङ गरेको वडा नम्बर २३ ले १९.५ ओभरमा १ सय १६ रन बनाएको थियो । जवाफी व्याटिङमा उत्रेको वडा नम्बर १२ नम्बर वडाले ले २० ओभर खेलेर १ सय ३  रन बनाउन सक्यो । 

टस जितेर ब्याटिङ गरेको २३ नम्बरका लागि मोहम्मद अनिसले १९ रन, सद्धाम शेख र साहिद अन्सारीले १४–१४ रन बनाए । १२ नम्बरका बिपुल शर्माले सर्वाधिक ४ विकेट र सुनिल खडकाले २ विकेट लिए । 
जवाफी ब्याटिङमा १२ नम्बरका लागि बिपुलले ३० रन, उत्तम रोकाले २३ रन र सुनिल खडकाले १९ रन जोडे । २३ नम्बरका सकिर शेख, नास्मिुल्लाह शेख र अकरम शेखले समान २–२ विकेट लिएका थिए । खेलमा साकिर शेख म्यान अफ द म्याच, नास्मिुल्लाह म्याजिक मुभमेन्टको पुरस्कार जित्न सफल भए ।

मंगलबार उत्कृष्ट घोषित भएका खेलाडीलाई वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजाल, ७ का वडाअध्यक्ष जुम्मन खाँ, १७ का वडा अध्यक्ष अजय पाठक, नेपालगञ्ज उपमहानगरपालिका शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापा, क्यान बाँकेका अध्यक्ष सरोबर प्रसाई, ग्रुप अफ १६ का अध्यक्ष विष्णु अर्याल लगायतले पुरस्कार वितरन गर्नुभयो ।
       
  


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Monday, Jan 18, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१