बिहीवार, फागुन २०, २०७७ साल

मनकारी जनप्रतिनिधी ज्ञानु

लाेकप्रिय सन्देश २०७६ माघ १६ गते 10.72K

नेपालगञ्ज,माघ १६ ।  बाँकेको राप्ती–सोनारी गाउँपालिका २ का वडा सदस्य ज्ञानेन्द्र वली ( ज्ञानु)ले गाउँमा सरस्वती मन्दिर स्थापना गर्ने हुनुभएको छ ।  विगतमा तलबभत्ताको रकमबाट गाउँमा प्रतिक्षालय निर्माण, सडक निर्माण तथा मुर्ती स्थापना लगायतका कार्य गर्नुभएका वलीले अहिले फेरी अर्को पुण्यको कार्य सुरुवात गर्नुभएको हो । 


वलीले ब्यक्तिगत लगानीमा राप्ती सोनारी २ शम्शेरगञ्जमा रहेको दुर्गा भवानी माविमा सरस्वतीको मन्दिर स्थापना गर्न लाग्नुभएको छ ।  बिहिवार सरस्वती पुजाको दिन मन्दिरको शिलान्यास गरिएको छ । सो अवसरमा स्थानीय बासिन्दाले वडा सदस्य वलीलाई ब्यक्तिगत लगानीबाट गाउँमा सामाजिक कार्यलाई निरन्तरता दिएको भन्दै धन्यवाद ज्ञापन समेत गरेका थिए । 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Thursday, Mar 04, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१