मंगलवार, माघ ६, २०७७ साल

नेपालगञ्जको धम्बोझीमा स्ट्रिट वर्कआउट

लाेकप्रिय सन्देश २०७६ माघ १८ गते 1.46K

नेपालगञ्ज,माघ १८ ।    नेपालगञ्जमा स्ट्रिट वर्कआउट कम्पिटिसन भित्रिएको छ । निश्चित ठाउँमा सम्पूर्णखालका शारिरिक अभ्यासका लागि यसलाई उपयोगी मानिन्छ । शनिबार नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर १ धम्बोझीमा पहिलो पटक स्ट्रिट वर्कआउट प्रतियोगिता सम्पन्न भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजाल, वडा सदस्य डम्बर थापा, धम्बोझी क्लवका अध्यक्ष देवेन्द्र खड्का, बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही लगायतको उपस्थितीमा धम्बोझीमा स्ट्रिट आउट प्रतियोगिता सम्पन्न भएको हो । 


यसखेलमा दौडसहित विभिन्नखाले प्रतिष्पर्धा गराएको आयोजक नेपालगञ्ज युथ फिटनेशका अध्यक्ष तिलक शाहीले जानकारी दिनुभयो । यसखालका प्रतियोगिता बालकदेखि प्रौढसम्मका लागि उपयोगी भएको भन्दै वडा अध्यक्ष रिजालले यसलाई निरन्तरता दिन आयोजकलाई आग्रह गर्नुभयो ।  विभिन्न विधामा समावेश खेलकुद सबैभन्दा छिटो सम्पन्न गर्नेलाई यसमा विजेता मानिन्छ । यसैगरी सोही कार्यक्रममा वडा अध्यक्ष रिजाल र क्लवका अध्यक्ष खड्काले क्रिकेट खेलाडीका लागि आवश्यक खेल सामाग्री हस्तान्तरण गर्नुभयो ।  


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Tuesday, Jan 19, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१