सोमबार, माघ ५, २०७७ साल

नेपालगञ्जमा माघ २७ देखि रनिङ्ग शिल्ड

लाेकप्रिय सन्देश २०७६ माघ २२ गते 1.42K

नेपालगञ्ज, माघ २२ ।  नेपालगञ्ज उप–महानगरपालिका प्रथम मेयर कप रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता–२०७६  यहि माघ २७ देखि २९ गते सम्म हुने भएको छ ।  मंगल मावि नेपालगञ्जमा हुने प्रतियोगितामा नगरभित्रका सामुदायिक र संस्थागत गरि ५६ विद्यालयका विद्यार्थीहरुको सहभागिता रहने भएको छ । मेयर कपसँगै अन्तर मावि स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको खेलाडी छनौट समेत हुनेछ ।  प्रतियोगिताको आयोजना तथा ब्यवस्थापन समितिका संयोजक नेपालगञ्ज उपमहानगरपालिका शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापाको अध्यक्षतामा बुधबार सरोकारवालाहरुको बैठक समपन्न भएको छ । 


बैठकले सहभागी विद्यार्थीले २४ गतेभित्र शिक्षा शाखामा आवश्यक कागजातसहित नाम दर्ता गराउनुपर्ने निर्णय गरेको छ । यसैगरी मार्चपासमा खेलमा सहभागी खेलाडी मात्रै सहभागी गराउने बैठकले निर्णय गरेको छ । सहभागी खेलाडी १८ वर्ष मुनीको हुनुपर्ने र त्यसको  सिफारिस गर्ने जिम्मा प्रअको हुने बैठकले निर्णय गरेको छ ।  बैठकमा रनिङ शिल्डलाई सफल पार्न विभिन्न छलफल गरिएको हो ।

 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Monday, Jan 18, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१