सोमबार, माघ ५, २०७७ साल

टुर डे ठाकुरद्वारा शुक्रबार, पर्यटन मन्त्रीको शुभकामना

लाेकप्रिय सन्देश २०७६ माघ २३ गते 2.11K

नेपालगञ्ज,माघ २३ । नेपालगन्ज साइक्लिङ्ग क्लबको आयोजनामा  शुक्रबार टुर डे ठाकुरद्धारा साईकलयात्रा सुरु हुने भएको छ । नेपालगन्जको नयाँ परिचय स्थापित गर्दै साइक्लिङ्गका माध्यमबाट देश–बिदेशका मानिसहरूलाई बाँके, बर्दिया त्रायाउने लक्ष्य सहित गतवर्षदेखि टुर द ठाकुरद्धारा साईकलयात्रा सुरु भएको हो । साईकलयात्रामा अष्ट्रेलियन नागरिक निल मे, भारत उत्तर प्रदेश बरेलिबाट रबिन्दर सिह ओबराय र सन्जिभ जिन्दल, अमिर अलि, उत्तराखण्डका पर्यटन ब्यबसायी शैलेन्द्र शाह सहभागी हुने ईभेन्ट निर्देशक सतिश निरौलाले जानकारी दिनुभयो । बिश्व साइकल यात्री तथा कृतिमानी सगरमाथा आरोही पुष्कर शाह यो बर्ष पनि साइकल यात्राको प्रमुख राइडरको रूपमा सहभागिता जनाउन नेपालगञ्ज पुग्नुभएको छ । यसैगरी एकमात्र खुट्टाले साइक्लिङ्ग गर्ने पारा साइक्लिस्ट यमलाल रसाइली , ७७ जिल्ला साइकलबाट पूरा गरेका तेजप्रसाद पराजुली, मेचीमहाकाली साइकल यात्रा पूरा गरेका रेशम केसि, खप्तडमा पहिलोपटक साइकलमा पुग्नुभएका भरत बिक्रम शाह समेत यो राइडमा सहभागी हुन नेपालगन्ज पुग्नुभएको आयोजक सुरेन्द्रदिप कार्कीले जानकारी दिनुभयो । यात्रामा जिल्लाबाहिरका ६५ सहित ११० जनाको सहभागिता रहनेभएको छ ।  यो बर्ष टुर डे ठाकुरद्वाराले सरकारले घोषणा गरेको भ्रमण बर्ष २०२० लाई समेत सघाउ पुर्याउने बिश्वास लिएको निरौलाले बताउनुभयो  ।

यसबर्षको राइडको रुट नेपालगन्जको बागेश्वरी मन्दिरबाट शुरु गरि नगरपरिक्रमा सहित जानकी गाउँ पालिका, खजुरा गाउँ पालिका, बर्दियाकोबढैयाताल गाउँ पालिका, गुलरिया नगरपालिका , मधुबन नगरपालिका हुँदै ठाकुरद्वारा सम्मको यात्रा तय गरिने भएको छ । यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले शुभकामना सन्देश पठाउँदै भ्रमण वर्षको प्रवद्र्धनका लागि आयोजित कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गर्नुभएको छ । 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Monday, Jan 18, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१