बाँके,फागुन ८ । भेरी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. प्रकाश थापा नियुक्त हुनुभएको छ । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले बिहिवार डा. थापालाई अस्पताल प्रमुखमा नियुक्त गर्नुभएको हो । डा. थापा दुईवर्षअघि पनि अस्पतालको प्रमुखमा नियुक्त हुनुभएको थियो । अस्पताल प्रमुखको छोटो कार्यकालमा डा. थापाले सरसफाई र सेवाप्रवाहमा उल्लेख्य सुधार गर्नुभएको थियो । अस्पतालमा सुधारको सुरुवात गरिरहँदा डा. थापालाई विदा दिइएपछि जनस्तरमा असन्तुष्टी देखिएको थियो । मन्त्रालयले पुन डा. थापालाई अस्पताल प्रमुखमा नियुक्त गरेको हो । अस्पतालमा थापापछि मेसु हुनुभएका डा. रुपानन्द अधिकारीको ठाउँमा पुनः थापा नियुक्त हुनुभएको छ ।
नवनियुक्त मेसु थापा – साुमदायिक विद्यालयको अव्वल विद्यार्थी
दैलेखको नारायण नगरपालिकामा जन्मिएका थापाले सामुदायिक विद्यालय त्रिभुवन माविबाट प्रवेशिका परीक्षा उत्तिर्ण गर्नुभएको छ । उहाँले राजधानीको त्रिचन्द्र कलेजबाट आइएससी उत्तिर्ण गर्नुभयो । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स)बाट एमडी उत्तिर्ण गरेका डा. थापाले फेलोसिप इन स्पाइन आईएसआईसी न्यू दिल्लीबाट गर्नुभयो । उहाँले एमबिबिएसदेखि सबै छात्रृत्तिमा अध्ययन सम्पन्न गरेका गर्नुभएको हो । विपी कोइराला स्वास्थ्य विज्ञान प्रष्ठिान धरानबाट छात्रबृत्तिमा एमबिबिएस उत्तिर्ण गरेका डा. थापाले छात्रबृत्तिमै एमडि उत्तिर्ण गर्नुभयो । डा. थापाका बुवा मावि तहका शिक्षक हुनुहुन्छ ।
कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड
सम्पादक : गोविन्द शर्मा
सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१