आईतवार, कार्तिक ९, २०७७ साल

नेपालगञ्जमा हुने क्यान इन्फोटेकको तयारी पुरा

लाेकप्रिय सन्देश २०७६ फागुन १९ गते 2.07K

नेपालगञ्ज,फागुन १९ ।    क्यान महासंघ बाँके शाखाको आयोजनामा आज मंगलबारदेखि नेपालगञ्जमा सुरु हुने  क्यान इन्फोटेकको सम्पूर्ण तयारी पुरा भएको छ ।  क्यान बाँकेले सोमबार नेपालगञ्जमा पत्रकार भेटघाट गरि इन्फोटेकको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । नेपालगञ्जस्थित सिद्धार्थ कटेजमा हुने मेलाको मुख्य प्रदर्शनी हलमा ९० वटा प्रदर्शनी स्टल राखिने क्यान बाँकेका अध्यक्ष रमणीप्रसाद शर्माले जानकारी दिनुभयो ।  जसअन्तर्गत हार्डवेयर सेल्स तथा मेन्टीनेन्न, पावर सोलुसन्स, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशन, बैंक, आई सीटी। कलेज, शैक्षिक परामर्श केन्द्र ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसनस, पेमेन्ट सोलुसन्स् र विभिन्न नयाँ प्रविधिको प्रयोग गरी स्थानिय विद्यार्थीहरुले बनाएका प्रविधियुक्त हाडवेयररसफ्टवेयरसँग सम्बन्धित सामाग्रिहरुका स्टल रहने भएका छन् । फागुन २४ गतेसम्म संचालन हुने इन्फोटेकको प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तीले उद्घाटन गर्नुहुने कार्यक्रम तय भएको क्यानका पुर्ब केन्द्रीय उपाध्यक्ष सञ्जय थापाले जानकारी दिनुभयो ।  इन्फोटेकमा करिब ३५ लाखको खर्च हुने र २० देखि ३० करोड सम्मको आर्थिक कारोबार हुने लक्ष्य राखिएको प्रचार विभाग प्रमुख शरद रिजालले जानकारी दिनुभयो  । 


इन्फोटेकमा कम्प्युटर, मोबाईल तथा सूचना प्रविधिको बृहद प्रदर्शनी,  अनलाइन अर्निग, आईटी सचेतना, अनलाइन बिलिगं लगायत बिभिन्न विषयमा दैनिक बृदत प्रर्दशनी,  रोबटिक फाईट प्रतिस्पर्धा,  नेपाली बैज्ञानिकद्धारा निर्मित रोबट तथा अन्य प्रविधिहरुको प्रदर्शनी, सफ्टवेयरको विकास गर्ने ह्याकाथुन प्रतियोगिता, पब्जी, फिपा लगायतका बिभिन्न खेलहरु,  एग्रीकल्चर ड्रोन को प्रदर्शनी,  फेसबुक, टिकटक प्रतिस्पर्धा हुने क्यान बाँकेका पुर्ब अध्यक्ष र प्रदेश सचिव भोजराज तिमिल्सेनाले बताउनुभयो । पत्रकार सम्मेलनमा क्यानका केन्द्रीय सदस्य सुदीप शर्मा, पुर्ब केन्द्रीय सदस्य आईपी पोखरेल लगायतले क्यान इन्फोटेक  उपभोक्ताका लागि महत्वपूर्ण हुने बताउनुभयो ।

 


तपाईको प्रतिक्रिया

Copyrights © 2020 Lokpriyanews

Sunday, Oct 25, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१