शनिबार, आषाढ २७, २०७७ साल

प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबलमा पहिलो चरणका खेलहरु समापन, मंगलबार सेमिफाईनल

लाेकप्रिय सन्देश २०७६ फागुन १९ गते 1.07K

बाँके,फागुन १९ ।  नेपालगञ्जमा आईतबारदेखि जारी प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबलको छैटौं संस्करण अन्तर्गत सेमिफाईनल खेल नेपाल पुलिस क्लव र नेपाली सेनाको त्रिभुवन आर्मी क्लव तथा दोश्रो सेमिफाईनल खेल सशस्त्र प्रहरीको एपिएफ र न्यू डायमण्डबीच मंगलबार हुने भएका छन् । नेपालगञ्ज रङ्गशालाको कभर्डहलमा सोमवार भएको खेलमा न्यू डायमण्डले आयोजक प्रदेश नम्बर ५ लाई ३–० को सेटमा पराजित गरि सेमिफाईनल प्रवेश गरेको हो । न्यू डायमण्डले २५–९,२५–१३ र २५–११ को सोझो सेटमा प्रदेश ५ लाई पराजित गरेको हो ।  खेलमा न्यू डायमण्डका झरना श्रेष्ठ प्लेयर अफ द म्याच हुनुभयो । 


यसैगरी अन्तिम खेलमा  नेपाल पुलिसले प्रदेश ५ लाई २५–९,२५–१५ र २५–११ को सोझो सेटमा पराजित गरेको छ ।  पुलिसका उषा भण्डारी प्लेयर अफ द म्याच हुनुभयो । पहिलो खेल सशस्त्र प्रहरीको एपिएफ र भारतको एसएसबीबीच पुर्वनिर्धारित रहेकोमा अन्तिम समयमा भारतीय टोली अनुपस्थित भयो । कोराना भाईरसका कारण भारतीय टोली पनि प्रतियोगितामा सहभागि हुन नसक्ने जानकारी प्राप्त भएको आयोजक बाँके जिल्ला भलिवल सङ्घका अध्यक्ष टिएस ठकुरीले जानकारी दिनुभयो ।

 


    तपाईको प्रतिक्रिया

    Copyrights © 2020 Lokpriyanews

    Saturday, Jul 11, 2020

    कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

    सम्पादक : गोविन्द शर्मा

    सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१