शनिबार, आषाढ २७, २०७७ साल

प्रधानमन्त्री कपमा नेपाल पुलिस क्लव र सशस्त्र प्रहरी फाईनलमा

लाेकप्रिय सन्देश २०७६ फागुन २० गते 1.14K
तस्बीर सौजन्य / विनोद अग्रहरी

नेपालगञ्ज, फागुन २० गते । नेपालगञ्जमा जारी प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबलको छैटौं संस्करणमा नेपाल पुलिस क्लव र सशस्त्र प्रहरीको एपिएफ फाईनलमा प्रवेश गरेका छन् ।  नेपालगञ्ज रङ्गशालाको कभर्डहलमा मंगलबार भएको पहिलो सेमिफाईनल खेलमा एपिएफले न्यू डायमण्डलाई २६–२४, २५–१७ र २५–१८ को सोझो सेटमा पराजित गरि  फाईनलमा प्रवेश गरेको हो । स्टार खेलाडी प्रतिभा मालीको अभाव न्यू डायमण्डलाई देखिन्थ्यो । खेलमा एपिएफका पुजा चौधरी प्लेयर अफ द म्याच हुनुभयो । 


 यसैगरी दोश्रो खेलमा नेपाल पुलिस क्लवले  नेपाली  सेनालाई निकै प्रतिष्पर्धात्मक खेलमा  पराजित गरि एपिएफसँग फाईनल भेट पक्का गरेको हो । खेलमा पुलिसले  सेनालाई २३–२५, २५–२०, २५–२१, १४–२५ र १५–८ को सेटमा पराजित गरेको हो  । खेलमा पुसिका कोपिला राना प्लेयर अफ द म्याच हुनुभयो । फाईनल खेल बुधबार दिउसो हुने आयोजक बाँके जिल्ला भलिवल संघका अध्यक्ष टिएस ठकुरीले जानकारी दिनुभयो । 

 


    तपाईको प्रतिक्रिया

    Copyrights © 2020 Lokpriyanews

    Saturday, Jul 11, 2020

    कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

    सम्पादक : गोविन्द शर्मा

    सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१