मंगलवार, आषाढ २३, २०७७ साल

नेपाल पुलिस क्लवलाई भलिवलको उपाधी

लाेकप्रिय सन्देश २०७६ फागुन २१ गते 671

नेपालगञ्ज,फागुन २१ गते । नोपला पुलिस क्लवले नेपालगञ्जमा बुधबार सम्पन्न प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबलको छैटौं संस्करणको उपाधी जित्न सफल भएको छ । नेपालगन्ज रङ्गशालाको कबर्डहलमा बुधबार सम्पन्न फाईनल खेलमा सशस्त्र प्रहरीको एपिएफलाई २५–१६,२५–२७ र २५–१८ को सोझो सेटमा पराजित गर्दै पुलिसले उपाधी जितेको हो । बुधबार नै भएको खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लवले न्यू डायमण्डलाई सोझो सेटमा पराजित गरि तेश्रो हुन सफल भएको छ  ।  उपाधीसंगै प्रहरीले नगद दुईलाख रुपिया,उपबिजेता एपिएफले एक लाख रुपिया, तृतिय नेपाली सेनाले ५० हजार रुपिया प्राप्त गरेको छ ।


 प्रतियोगिताको उत्कृष्ट खेलाडीमा नेपाल प्रहरीकी उषा भण्डारी घोषित भईन । त्यस्तै बेस्ट ब्लकरमा सेनाका संगम महतो, बेस्ट सेटरमा प्रहरीकी कमला पुन, बेस्ट सर्भर प्रहरीकै मनिषा चौधरी, बेस्ट लिबरोमा न्यु डायमण्डकी सलिना श्रेष्ठ, बेस्ट प्रशिक्षकमा प्रहरीका रुपेश बिस्ट र बेस्ट स्पाईकरमा एपिएफकी निरुता ठगुन्ना, पुलिस क्लवका रुपेश विष्ट बेष्ट प्रशिक्षक घोषित भए । बिजयी समुह तथा खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका  सदस्य सचिव रमेश सिलवाल, प्रदेशसभा सदस्य कृष्णा केसी (नमुना), नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा.धवल शमशेर राणा लगायतले पुरस्कार, प्रमाणपत्र, पदक तथा ट्रफी प्रदान प्रदान गर्नुभयो । बाँके जिल्ला भलिवल सङ्घको आयोजनामा भएको खेलमा पुलिस क्लव, एपिएफ, त्रिभुवन आर्मी, न्यु डायमण्ड र प्रदेश ५ सहभागी थिए । 

 


    तपाईको प्रतिक्रिया

    Copyrights © 2020 Lokpriyanews

    Tuesday, Jul 07, 2020

    कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

    सम्पादक : गोविन्द शर्मा

    सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१