मंगलवार, आषाढ २३, २०७७ साल

बर्षौदेखि रोकिएका फर्मको नवीकरण सुरु

लाेकप्रिय सन्देश २०७६ फागुन २३ गते 540

नेपालगञ्ज, फागुन २३ गते ।  नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले शुक्रबारदेखि वाणिज्य, आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जमा हेल्प डेस्क सञ्चालनमा ल्याएको छ । हेल्प डेस्क उद्घाटनमा सङ्घका अध्यक्ष अव्दुल वाहिद मन्सुरीले आफुहरुले उठाएको महत्वपूर्ण माग सरकारले पुरा गरेको बताउनुभयो ।  नेपालगन्ज उद्योग वाणिज्य संघले उठाउँदै आएको नवीकरण हुन नसकेका प्राईभेट फर्महरुको नवीकरण सुरु भएको भन्दै अध्यक्ष मन्सुरीले छिटो भन्दा छिटो समयभित्रै फर्म दर्ताका लागि सम्वद्ध ब्यवसायीहरुमा अनुरोध गर्नुभयो । 


वाणिज्य, आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका प्रमुख कृष्ण पौडेलका अनुसार शुक्रबारदेखि नेपालगञ्जमा नवीकरणको कार्य सुरु भएको हो । नेपालगञ्ज कार्यालयमा दर्ता भएका मध्ये करिब १५ हजार फर्म नवीकरण हुन बाँकी रहेको कार्यालयले जनाएको छ ।

 


    तपाईको प्रतिक्रिया

    Copyrights © 2020 Lokpriyanews

    Tuesday, Jul 07, 2020

    कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

    सम्पादक : गोविन्द शर्मा

    सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१