आईतवार, कार्तिक ९, २०७७ साल

चप्पल उद्योगमा आगलागी एकको मृत्यु, अर्का घाइते

लाेकप्रिय सन्देश २०७६ फागुन २८ गते 785

नेपालगञ्ज, फागुन २८ गते । बाँकेको खजुरारोडमा रहेको जय सियाराम मेनुफैक्चरिङ्ग इन्डष्ट्रिज प्राईभेट लिमिटेडमा मङ्गलबारराती भिषण आगलागी भएको हो । आगलागीमा परेर एकजनाको ज्यान गएको छ भने अर्का एकजना घाइते भएका छन् । मृतकको सनाखत हुन सकेको छैन । आगलागीमा परि घाइते हुनुभएका उद्योगमा कार्यरत दिलिप चमारको भेरी अस्पताल नेपालगञ्जमा उपचार भईरहेको छ ।

  नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिकाका, नेपालगञ्ज विमानस्थल र बर्दियाको गुलरिया र मधुवन नगरपालिकाका ६ वटा दमलल र जेसिभीको सहयोगमा सुरक्षा निकायले उद्योगमा लागेको आगो बुधबार विहान पूर्णरुपमा नियन्त्रणमा लिएको छ ।  उद्योगले जुत्ता चप्पल उत्पादन गर्दै आएको थियो । 
नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तथा स्थानीय बासिन्दाको रातभरको प्रयासमा आगलागी नियन्त्रणमा आउन सकेको हो ।  
आगलागीबाट भएको क्षतिको विवरण हालसम्म प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक शिव वहादुर सिंहले जानकारी दिनुभयो ।

 


तपाईको प्रतिक्रिया

Copyrights © 2020 Lokpriyanews

Sunday, Oct 25, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१