नेपालगञ्ज,फागुन २९ । नेपालगञ्जको न्यूरोड शहीद सेतु विक चोकमा अत्याधुनिक बेकरी सञ्चालनमा आएको छ । एक करोडको लागतमा यम्मी बाईट्स बेकरी सप एण्ड भेज रेष्टुरेन्ट विहिवारदेखि सञ्चालनमा आएको हो । युवा व्यवसायी चिरञ्जीवि ओली र प्रमोद गुप्ताको लगानीमा उक्त रेष्टुरेन्ट सन्चालनमा आएको हो ।
रेष्टुरेन्टको उद्घाटन गर्दै नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले नयाँ रेष्टुरेन्ट सन्चालनले शहरको गरिमा बढाउने विश्वास ब्यक्त गर्नुभयो । बेकरीका सञ्चालक तथा नेपालगञ्ज उद्योग बाणिज्य संघका महासचिव ओलीले रेष्टुरेन्टमा बेकरी र भेज आईटममा सम्पूर्ण परिकार पाइने जानकारीदिनुभयो । ओलीका अनुसार रेष्टुरेन्टमा १३ जनाले रोजगारी पाएका छन् ।
कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड
सम्पादक : गोविन्द शर्मा
सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१