मंगलवार, आषाढ २३, २०७७ साल

कोरोनाबाट नडराई सावधान हुने हो ।

हलिम शाह. २०७६ चैत्र १३ गते 5.1K

अहिले विश्व कोरोनाको सक्रमणबाट जुधिरहेको छ । नेपाल पनि यसबाट अछुतो रहने संभावना छैन । यो महामारीले मानवीय जिवन पिडादायी हुने निश्चित छ । त्यसमा पनि दिन दैनिक काम गरेर आफु र आफनो परिवार पाल्नु पर्ने मजदुरहरुको जिवन झन कष्टकर हुनेनै छ । कालोबजारी गरेर पैसा कमाउनेहरुको लागि त एउटा अवसर नै होला । यस्तो महामारी गरिवको लागि झन गरिब र धनिको लागि झन धनि बनाउने एउटा माध्यम पनि हुन सक्छ । माहामारीको समयमा जनताले आफुलाई असुरक्षित महसुस गर्ने भएकोले त्यतिखेर सबैखाले प्रवृतिहरु देखा पर्न सक्छन । सिगो समाजलाई भ्रमित बनाउने अभियान पनि चल्छ जुन देखिन थालेको छ । यस्तो बेला सरकारले महत्वपुर्ण भुमिका खेल्न सक्नु पर्दछ ।
मानवको परीक्षा, कर्मको परीक्षा, अहिलेको विज्ञान प्रविधि र मेडिकल साइन्सको परीक्षा । यी सबै परीक्षा लिन विभिन्न समय समयमा समाज महामारीको त्रासदीबाट गु्रजिदै आएको छ । तर महामारी सबै समाजमा समान रुपले विकाराल हुने गरेको छैन । महामारी तथा विपत प्राचीनकालदेखि मानव समाजले भोग्दै आएको छ । प्रकृति प्रकोप, मानवीय हिसां, सरुवा रोग र भोकमरी जस्ता विपतहरु  पटक पटक मानव समाजले सामना गर्दै आएको छ । अहिले २१ औं शताव्दीमा कोरानाको महामहारी हामीले भोगिरहेका छौ । भोग्दै छौ ।
समाज विकास क्रमको आदिम युगपछि कृषि युगमा प्रवेश गरेदेखि नै यस्ता महामारीहरु मानव समाजले भोग्दै आएको छ । कृषि  र महामारी के कही कतै अन्तर सम्बन्ध रहेको त छैन ? आजसम्म जति महामारी फैलिएको छ त्यो पशुपन्क्षीमा लाग्ने रोग मानवमा सरेपछि पैmलिएको देखिन्छ । के सक्रमणको सम्बन्ध पशुसँग छ ? यो प्रश्न सोचनीय बनेको छ ।
कृषि अर्थतन्त्र मात्र नभएर धेरै चिजमा चीन विश्वमा अग्रस्थानमा रहेको छ । कृषि अर्थतन्त्रमा सबै भन्दा पहिला अग्रसर हुने राष्ट्र पनि चीन नै हो । चीननपछि युरोपीयन देशहरु हुन् । आज कोराना भाइसर पनि चीनबाट सुरु भई युरोपमा व्यापक सक्रमण भएको छ । यसको सैद्धान्तिक कारण केही छ कि एउटा सन्योग मात्र हो पछि थाहा होला नै । महामारीको पनि आफ्नै इतिहास होला ।
जब मानिस घुमन्ते युगबाट कृषि युगमा प्रवेश ग¥यो तब सामुहिक रुपमा बसोवास गर्न थाल्यो । क्रमश जनघनत्व बढी हुन थाल्यो । जहाँ जनघनत्व बढी हुन्थो  त्यही ठाउँबाट महामारी फैलिने गरेको छ । कृषि युगमा प्रवेश गरेपछि मानिसले जङ्गली जनवारलाई घर पालुवा जनबारका रुपमा पाल्न थाले । क्रमश जनवार र मानिसको विचमा सम्र्पक बढ्न थाल्यो । यसबाट जनवारलाई लाग्ने रोग मानिसमा सक्रमण भयो । यही संक्रमण पछि  महामारीको रुप धारण गर्न पुग्ग्यो । क्षयरोग, औलो, विफर, प्ले, दादुरा, हैजा, टि वी, एड्स जस्ता रोगहरु कुनै न कुनै माध्यम हुँदै जनवारबाटै मानिसमा सरेको पाइन्छ । अहिले विश्व भरि फैलिएको कोरोना पनि चमेरोबाट मानिसमा सरेको हो भन्ने बजार हल्ला छ  ।
महामारीबाट विश्वले धेरैे ठूलो क्षति व्यहोरेको छ । १३५२ मा युरोपमा फैलिएको प्लेगको महामारीबाट युरोपमा एक चौथाई जनसख्या सखाप भएको थियो । पहिलो विश्व युद्ध समाप्त भएपछि इन्फलुयेन्जाबाट फैलिएको महामारीबाट दुई करोडभन्दा बढी मानिसको मृत्यृ भएको इतिहास छ । यस्ता माहामारी इतिहास देखि नै व्यहोर्दै आएका छांै । हाम्रो नेपाली समाज कुनै बेला लुतो, पिलो, गानो, रुघाखोकी, जुका, टिभी, हैजा, विफर जस्ता रोगबाट बचेर आएको छ । कुनैबेला काठमाडौलाई त्राहि त्राहि पारेको महामारी हैजा र विफर थिए । हैजाको महामारीबाट मानिस कति भयभित थिए भन्ने कुरा कसैलाई गाली गर्न प¥यो भने “तँलाइ हैजाले लैजा नसकेका” भन्ने शव्दवालीको प्रयोगले आजसम्म पाएको निरन्तरताले त्यस बेलाको हैेजा महामारी कति फैलिएको र भयभित पारेको रहेछ भन्ने पनि देखाउँछ । अहिले गाउँघरतिर झगडा गर्दा कसैले सराप्नु पर्दा “भुइचालोले लान नसकेको” शव्दवाली हामी सुन्छौं । २०७१ सालमा हामीले माहाप्रलयकारी भुकप्प सहनु प¥यो । यसरी प्रयोग गरिने शव्दवालीबाट थाहा पाउन सकिन्छ कि त्यस बेला मानिसहरुलाई कति त्रास बनाएको रहेछ  ।
नेपालको महामारीको इतिहास हेर्दा काठमाडौमा सबैभन्दा बढी महामारी फैलिएको छ । महामारी फैलिनुको कारण बढी जनघन्तव पनि हो । यस पटक सरकारले काठमाडौंमा कोराना भाइरस नफैलिओस् भनेर बेलैमा काठमाडौंलाई लक डाउन्ड गरेको छ । विगतमा हामीसँग औषधीको जोहो थिएन जब काठमाडौंमा विफर फैलियो त्यो महामारीबाट बच्न काडमाडांैमा मठ मन्दिर निर्माण गरी देवी देवताको स्थापन गरे जसको कारण महामारी रोकियो भन्ने किम्बदन्ती पढ्न र सुन्न पाइन्छ । राजा प्रतापसिंह शाह, गीवार्णयुद्ध विक्रम शाह लगायतका राजाहरु विफरको महामारीमा परेर मरेको इतिहास हामीले पढेका छौं । राजा रणबहादुर शाहले विफर लागेकोलाई काठमाडौंबाट निकाला गरेको इतिहासबाट थाहा पाउन सकिन्छ ऊ बेला कति महामारी फैलिएको रेहछ । त्यो समयमा पनि महामारीबाट बच्न काठमाडौ बन्द गरिएको पाइन्छ । आज हामीलाई कोरोनाले त्यही अवस्थामा पु¥याएको छ । लकडाउन गर्न बाध्य पारेको छ । क्षयरोग, औलो, विफर, प्ले, दादुरा, हैजा, वर्डफ्लु, टि वी, एड्स जस्ता महामारीबाट बच्न वा सुरक्षित रहन विभिन्न उपायहरु अपनाउने गरिएको पाइन्छ । संक्रमति व्यक्तिलाई बस्तीबाट अलगै राख्ने, बाटोघाटोमा भाज हाली बाहिरका मानिसहरुलाई गाउँमा पस्न नदिने गरिन्थ्यो । हैजा लागेकालाई गाउँ कटाउने, कुष्टरोगीलाई बस्तीबाट टाठा राखेमा महामारी र्फैलिन पाउदैन भन्ने जनविश्वास व्यहोरेका बुढापाका अझै भेटिन्छन् । अहिले भनिने क्वारेन्टाइन, आइसोलेसन,कै प्रतिरुप थियो ।
महामारी समय समयमा आउँदो रहेछ । मानवीय क्षति गराएर पनि मानव जातिको समग्र अस्तित्व माथिनै धावा बोल्न चाहि नसक्ने रहेछ । अहिले विज्ञान प्रविधि र चिकित्साविज्ञानको प्रगतिले सरुवा रोग विरुद्ध हासिल गरेका उपलव्धी र मानवीय चेतना संचारको विकासले हिजोको भन्दा कम जोखिमपुर्ण बनाएको पक्कै छ  । महामारी फैलिन नदिन आवज जावतमा नियन्त्रण संक्रमण भएकालाई छुट्टै ठाउँमा राख्ने विगत देखिनै अभ्यास हुदै आएको रहेछ । आवश्यक परे यस्तो कार्य गर्न गराउन तत्परता देखाउन सक्नु पर्दछ । संसार भरीको महामारीलाई नियाल्ने हो भने गाउँमा भन्दा शहरमा बढी महामारी फैलिएको पाइएको छ ।
नेपाल चीनको असल छिमेकी देश हो । चीन र नेपालको सिमाना जोडिएको छ । चीनले नेपालको अप्ठारो परिस्थितिमा तन मन धन तिनै तर्पmबाट सहयोग गर्दै आएको पनि छ । अहिले पनि कोरानासँग लड्न वा जुध्न वा उपचार गर्न आवश्यक सबै सहयोग गर्ने वचनबद्धता व्यक्त गरेको छ । चीनसँग सिमना जोडिएको नेपालमा कोरोना भाइरस नेपाल नछिरेर एक चोटी विकसित राष्ट्रहरुमा सक्रमण फैलिएको छ ।
 नेपाल चीनको तुलनामा राजनीतिक, आर्थिक, सामाजिक, सास्कृतिक हरेक कुरामा कम विकसित छ । चीनपछि तुरुन्तै नेपाल प्रवेश गरेको भए कोरोनाले नेपालीहरुलाई सजगता अपनाउने समयसम्म पनि दिदैनथ्यो । कोरोनाले पनि नेपालको अवस्था बुझेजस्तो देखियो । आर्थिक रुपले विपन्न देशको तयारीको लागि समय दिएको जस्तो देखियो । प्रगतिमा मत्तासुर भएका देशहरुलाई  चेतवानी दिएको पनि त हुन सक्छ कोरोनाले ।
 नेपाली जनताले जस्तो सुकै विपतिहरु पनि सामना गर्दै आएका छन् । कारोनाको त्रास छ नै । यो बेला पनि नेपालीले संयमता अपनाउनै पर्छ । जेहोस आजसम्म हामी सुरक्षित छौं । हाम्रो श्रोत साधन र क्षमताको  पूर्व तयारी गर्ने अवस्था प्राप्त भएको छ । सरकारले आफ्नो साधन स्रोत परिचालन गरी सकेको छ । चार महिना पहिले चीनको हुवई प्रान्तको वुहान शहरबाट फैलिएको कोरोना भाइरस कोभिड १९ आज विश्वभर महामारीको रुपमा फैलिएको छ । चीनलाई संकट पर्दा पश्चिमा जगत हासिरहेको थियो । चीन माथी दोषारोपण गरिरहेका थिए । १ अरव ४० लाख जनसख्या भएको चीनले आफनो देशमा कोरोना नियन्त्र गरेर एउटा सन्देश दिएको छ । चीन सरकारले जारी गरेको विधि वा प्रयोग भनेको आफै सुरक्षि हुने र अरुलाई पनि सुरक्षि गर्ने तरिकाबाटै सफल भएको हो । हामी पनि अहिले सरकारले होम क्वारान्टइनमा बस्न भिडभाडमा नजान, साबुन पानीले नियामित हात धुन, हात नमिलाउन र घरै बस्न भनेको छ । यसलाई पालना गर्दै कोरोना भाइरससंग डराउने होइन सावधान हुने हो  ।
(लेखक नेकपाका जिल्ला सचिवालय सदस्य तथा मुस्लीम संगठन नेपाल केन्दिय सचिवालय सदस्य हुन ।)


    तपाईको प्रतिक्रिया

    Copyrights © 2020 Lokpriyanews

    Tuesday, Jul 07, 2020

    कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

    सम्पादक : गोविन्द शर्मा

    सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१