मंगलवार, आषाढ २३, २०७७ साल

नेपालगञ्जको धम्बोझीमा तरकारी घरमै पुग्ने

लाेकप्रिय सन्देश २०७६ चैत्र १५ गते 1.3K

नेपालगञ्ज, चैत १५ गते ।  नेपालगञ्जमा लकडाउनको समयमा आम नागरिकलाई अत्यावश्यक सामाग्रीको अभाव हुन नदिन युवाहरुको समूहले घुम्ती सेवा पसल सञ्चालनमा ल्याएको छ ।  नेपालगञ्ज उप–महानगरपालिका, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ को सहकार्यमा शनिबारदेखि घुम्ती सेवा पसल सञ्चालन गरिएको छ । शनिबार तरकारीलाई केन्द्रीत गरि घरमै सामाग्री पुरयाउन लागिएको सञ्चालक शकील अहमद खानले जानकारी दिनुभयो । अभियानमा आईतबारदेखि नेपालगञ्ज उद्योग वाणिज्य सङ्घ समेत जोडिने भएको छ  । संघ  चामल, पिठो, तेल लगायतका अन्य खाद्य वस्तुको बयवस्थापन गर्नेछ ।


नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजालको पहलमा शनिबार भएको सर्वपक्षीय बैठक पनि घुम्ती पसल सञ्चालन गर्ने निर्णय गरिएको हो । नागरिकको सहजताका लागि धम्बोझी क्लवले समेत सहकार्य गरेको अध्यक्ष देवेन्द्र खडकाले बताउनुभयो । सञ्चालक किरण ढकालले अहिले धम्बोझी केन्द्रीत गरि सेवा सुरु गरिएको जानकारी दिनुभयो । 

 


    तपाईको प्रतिक्रिया

    Copyrights © 2020 Lokpriyanews

    Tuesday, Jul 07, 2020

    कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

    सम्पादक : गोविन्द शर्मा

    सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१