आईतवार, फागुन १६, २०७७ साल

मेरो को हौं तिमी ?

रंजिता खड्का. २०७६ चैत्र २१ गते 4.77K

नेपालगञ्ज/  कसरी भनु म तिमिलाइ मेरो को हौ तिमी । कसरी भनु तिमी धड्कनको गित हौ । जिवनको संगीत हौ । तिमी जिन्दगी,तिमी बन्दगी,तिमी रोसनी,तिमी ताजगी,तिमी खुसी तिमी पिडा,तिमी माया तिमी प्रेम । आखामा तिमी,निदमा तिमी,ख्वाबमा तिमी,तिमी मेरो हरकुरामा तिमी । मेरो दिन मेरो रातमा तिमी । बिहानिमा तिमी,साझमा तिमी । यादमा तिमी एकान्तमा तिमी । मेरो लागि हासो पनि तिमी आसुपनी तिमी । उठ्नुमा तिमी,सुत्नुमा तिमी । जहा जान्छु जताकतै छौ तिमी।कसरी भनु मेरो लागी सबैथोक तिमी ।
कसरी भनौ मेरो को हौ तिमी । तिम्रो रुप मेरो जिन्दगीको धुप हो।मेरो रात,मेरो बिहानी,मेरो मन र मेरो अङ्गालोको तिर्सना हौ तिमी ।मेरो कथा,मेरो बेथा,मेरो रचना,मेरो लेख र मेरो जिबनको शाराम्स हौ तिमी ।कसरी भनौ मेरो जीवन कथाको हर पानामा कोरिएका शब्द हौ तिमी।मेरो लागि धर्म तिमी,व्रत तिमी ,मेरो पुजा,मेरो आराधना तिमी।मेरो मुटुमा सजिएको तस्बिर तिमी।कसरी भनु तिमिलाइ तिमी मेरो सास हौ । मेरो चारैतिर घुमिरहने ध्यान हौ । पुर्बमा तिमी पश्चिममा तिमी । उत्तरमा तिमी दक्षिणमा तिमी । कति समय बित्यो कति ऋतु परिबर्तन भए तर मेरो जीवन त्यहानिर थप्प रोकिएको छ जहाँबाट तिमी छुटिएका थियौ । 
कसरी भनु म तिमिलाइ मेरो को हौ तिमी । मेरो अङालोको गोलाइमा भरिएर बसेका छौ तिमी । बिस्ताराको एक छेउमा सधै तिम्रो आहट सुन्छु । थर्थराउदै गरेको ओठले तिम्रो स्पर्श महसुस गर्छु । मेरो जिबनको सार,मेरो जिबनको सुर हौ तिमी । कसरी भनु मेरो को हौ तिमी । निहार्ने गर्छु जसलाई म दिनरात  त्यो तस्बिर हौ तिमी । तिमी मेरो भाग्य,तिमि मेरो भाग्य कोर्ने बिधाता हौ । सुर्य तिमी,उज्यालो किरण तिमि  मेरो चन्द्रमा तिमी,मेरो टलटलाउदो जुन तिमी । मेरो यात्रा तिमी मेरो सहयात्री तिमी । मेरो पाइला तिमी मेरो सफलता तिमी । कसरी भनु मेरो को हौ तिमी । तिमी मेरो शब्द,तिमी मेरो वाक्य,तिमी मेरो हरफ,मेरो जिबनको पुरा किताब तिमी । मेरो लागि नदि तिमी,मेरो सागर तिमी,मेरो खोला तिमी,मेरो झरना तिमी,मेरो धारा तिमी,मेरो पानी तिमी।मेरो घाम तिमी,मेरो छाहारी तिमी,मेरो गर्मी तिमी मेरो लागि चिसो हावाको झोका तिमी । कसरी भनु मेरो लागि बर्षाको झरी तिमी । मेरो कोपिला तिमी,मेरो फुल तिमी,कसरी भनु मुटु भित्र बिझाइरहने काडा पनि तिमी । म हेर्छु तिमिलाइ,म सोच्छु तिमिलाइ,म चिन्छु तिमिलाइ,म मान्छु तिमिलाई कसरी भनु तिमिलाइ तिमी बाहेक सबै अपरिचित छन मेरा लागि।तिमी मेरो सान,तिमी मेरो मान,तिमी मेरो गौरब,तिमी मेरो अभिमान।कसरी भनु तिमिलाइ मेरो को हौ तिमी । मेरो भोक,मेरो प्यास,मेरो बिस्तारा मेरो सपना,मेरो निन्द्रा मेरो आराम,मेरो आगो मेरो पानी,मेरो माटो मेरो उब्जनी,मेरो चुलो मेरो खाना,मेरो अन्न मेरो दाना,मेरो कापी मेरो अक्षर ,मेरो कलम मेरो शब्द,मेरो शब्द मेरो भावना ,मेरो लय मेरो सुर,मेरो यात्रा मेरो गन्तव्य ,मेरो घर मेरो छानो,मेरो मञ्च मेरो कला,मेरो पात्र मेरो अभिनय । कसरी भनु म मेरो को हौ तिमी ।

मेरो हासोमा तिमी मेरो आसुमा तिमी । मेरो छटपटिमा तिमि मेरो शान्तीमा तिमी । मेरो चिच्चाहटमा तिमी मेरो मौनतामा तिमी । कसरी भनु म तिमिलाइ मेरो आखाले देख्ने सपनी मा तिमी । मेरो शरीर भरी रक्तसञ्चार भैरहने रगतमा तिमी । मेरो स्वासप्रस्वास अङ्गमा निरन्तर दौडिरहेको प्राणवायु तिमी । कसरी भनु तिमिलाइ तिमी बिना मेरो मुटुको धड्कननै बन्द हुन्छ भनेर।कसरी भनु तिमिलाइ तिमी बिना सासनै रोकिन्छ भनेर । तिम्रो लागि म कोहि थिएन तर मेरो लागि तिमी सबैथोक थियौ । तिम्रो विपक्षमा एक शब्द बोल्न नदिने मैले आज मौनतालाई रोजे जब मेरो विपक्षमा तिमी उभियौ । सम्बन्ध तोड्नु गलत थियो तर जहाँ एक अर्का बिच इज्जत,सम्मान,कदर,माया र बिश्वास बचेकै थिएन भने त्यो सम्बन्ध निभाउन पनि त सकिदैन थियो । गल्ती गरे पनि नगरे पनि आज तिम्रो नजरमा दोसि मनै भएको छु । भरोसा र बिश्वास दिलाउने हरुले मलाई कसैको बिश्वास गर्ने लाएकै छोडेनन । हदको सिमा पनि नाघिसक्यो तिम्रा यादहरुले यदि ती यादहरु तिम्रा हुन भने तिमी शीत किन बस्दैनन । मन लाग्छ बोल मन लाग्दैन नबोल मेरो याद र पिडाको हिसाब तिमी सुल्झाउन सक्दैनौ । मात्र तिमी तिम्रो खुसी र सफलतालाइ उचाईमा लैजाउ । तिमी जति उचाईमा पुग्नेछौ म सिर उठाएर हेर्ने छु । तर तिमी मलाइ कहिले फर्केर नहेर्नु यदि हेर्ने कोसिस गर्‍यो भने तिमी उचाइमा हुनेछौ मलाई हेर्न तिमिले सिर झुकाउनु पर्नेछ । कसरी भनु मेरो को हौ तिमी।मेरो पक्षमा तिमि मेरो विपक्षमा तिमी । मेरो गल्तिमा तिमी मेरो माफिमा तिमी।मेरो बिश्वासमा तिमी मेरो घातमा तिमी । मेरो उचाइमा तिमी मेरो सफलतामा तिमी ।


सबैले भन्छन मेरो मुटु ढुङ्गाले बनेको छ रे । कास यो मन ढुङ्गाले बनेको भए हुन्थ्यो । नत कसैको लागि धडकिन्थ्यो नत कसैको यादमा तड्पिन्थ्यो । हाम्रो सम्बन्ध के थियो कस्तो थियो त्यसमा कति आफ्नोपन थियो त्यो सबै नबुझेरनै तिमी मेरो खास बन्न पुग्यौं । मेरो सबै भन्दा ठुलो कमजोरी बन्न पुग्यौं । म त्यो रोगको सिकार भए जसको कुनै उपचार नै छैन । र अन्तमा तिमी खास ब्यक्तिले नै मलाई महसुस गरायौं जिबनमा आफू भन्दा खास अरु कसैलाई बनाउनु हुदैन भनेर । कसरी भनु म तिमिलाइ तिमी मेरो को हौ भनेर । तिमिनै मेरो खास हौ । तिमिनै मेरो आफ्नो तिमिनै मेरो आफन्त हौ । तिमी मेरो शक्ति तिमी मेरो कमजोरी हौ । तिमी मेरो रोग तिमी मेरो उपचार हौ।कसरी भनु म तिमिलाइ तिमी मेरो को हौ । सधै भन्ने गर्थ्यो तिम्रो मुस्कान कति मिठो छ भनेर  सायद त्यसैले होला आज पिडामा पनि मुस्कुराउन थालेको छु । मेरो हासो मन पर्ने तिमिलाइ आज मलाई आसु उपहार दिएर गयौं । हरेक चिजको मुल्य पाउनु अघि र गुमाएपछी मात्र थाहा हुन्छ । मलाइ पाउनु अघि म तिम्रो लागि पनि धेरै खास थिए । एकपटक कल्पनामा भएपनि त्यो समयमा फर्केर जाउ त म कति खास थिए तिम्रो लागि ।र आज गुमाएपछी पनि मेरो महत्वको आभास तिमिलाइ पनि भैरहेको छ हैन भने तिम्रो मायालाइ दफन गरेको यो मेरो मुटुमा यति पीडा हुने थिएन होला । कसरी भनु म तिमिलाइ मेरो को हौ तिमी । मेरो माया तिमी मेरो घृणा तिमी । मेरो बिस्वास तिमी मेरो बिश्वासघात तिमी।मेरो आस तिमी मेरो सरिरको जिउदो लास तिमी । मेरो सिउदो तिमी मेरो कफन तिमी।कसरी भनु मेरो को हौ तिमी ।

मुहारमा त्यसै उदासी छाउदो रहेछ मनमा खुसी नभएपछी । गलत सोच लिएर कहिले मान्छे सहि बाटो हिड्न सक्दैन । कोहि एकको राम्रोपनले सबैलाइ राम्रो मान्ने यो मनले आज सबैलाई सन्काको नजरले हेर्न बाध्य भएको छ । सायद भाग्यमानै बर्बाद हुन र एक्लै जिउन लेखेको थियो तिमी सित भेटिनु र छुटिनु त संयोग मात्र थियो । मेरो उदासी तिमी मेरो बर्बादी तिमी । मेरो भेटिनु तिमी मेरो छुटिनु तिमी।कसरी भनु मेरो को हौ तिमी । अब अन्तिम पटक तिमी सीत भेट्नु  । अबको भेटमा मलाइ अलिकति हिम्मत र तिमिलाइ अलिकती फुर्सदको जरुरत पर्र्नेछ । मेरो हिम्मत र तिम्रो फुर्सद मिल्यो भने कुरा गर्नु छ तिमी सित । त्यो कुरा होइन जुन सवाल र जवाफमा खतम हुन्छ । त्यस्तो कुरा जुन कुरामा जवाफको जरुरतनै पर्ने छैन । अनि सुरु हुनेछ त्यो सम्बन्ध जुन बर्षौ देखि सरकारी अस्पतालको आपतकालीन शैयामा ढलेको छ । जस्को बच्ने कुनै आस छैन । तर गला घोट्न भने सकिन्छ । कुनै बेला जीवन भिजेर कामिरहेको थियो । जुन समय तिम्रो साहारा थियो । त्यो जुन बिश्वास थियो तिमी प्रती मेरो थाहा थिएन झुटो थियो कि साचो । तर पनि मेरो हरेक कामलाइ सजिलो र सफल बनाइदिन्थ्यो । त्यो भरोसा,त्यो साथ,त्यो बिश्वास थोरै अरु भैदिएको भए सायद म यो दुनिया जित्ने थिए होला । अब मेरो प्रयास पनि कम हुन थालिसकेको छ । बस सधै एउटै प्रश्न उठिरहन्छ । आखिर के छ यो सम्बन्ध भित्र जसले अहिले सम्म ती यादहरुलाइ समेटी रहेको छ । त्यो कुन समय,कुन पल थियो जसले अझै पनि त्यो माया र ख्वाबलाइ मर्न दिएको छैन । आज तिमी केही बोल्दैनौ मौन छौ । तिम्रो ओठमा शान्ती छ कतै मनमा चिच्चाहट त छैन ?कतै थोरै भएपनी मुटुभित्र मेरो दस्तक बाकी छ ? कि त्यो मुटु भित्र अरु कोही बसेको छ ?हुनत यो सब कुराको कुनै अर्थ छैन अब । तर सधै एउटा कुरा याद राख्नु तिमि । एउटा लेखकको लेख हौ तिमी पिडामा पनि मुस्कुराउनु तिमी । भर्खरै त माया बसेको थियो हाम्रो भर्खरै त तिमी भेटिएको थियौ । अबको त्यो अन्तिम भेटमा ती सबै यादहरु मेटाएर जानु । त्यो बिश्वास सबै तोडेर जानू । आपतकालीन शैयामा ढलेको सम्बन्ध मारेर जानू । जानू तर पूर्ण रुपले जानू । अनि नखोज्नु मलाइ यो दुनियामा । तिम्रो मनमा छैन भने म अन्तपनी कहि छैन । कसरी भनु म तिमिलाइ तिमी मेरो को हौ भनेर । तिमी मलाई माया गर्दैनौ थाहा छ । तिमी म बाट टाढा भयौ त्यो पनि थाहा छ । तर मैले सुनेको छु पानीमा डुबेर त्यो मर्छ जसले पौडन छाड्छ । कमजोर ब्यक्ती हो थाकेपछी रोकिने म तब रोकिनेछु जब मन र बिश्वास जित्न सफल हुनेछु । यो न सम्झनु तिमी मेरो सम्झनामा छैनौ । तिमिलाइ बिर्सन यो मन मान्दैन अलि जिद्दी छ भन्ने गर्छ जिबनभर तिम्रो पर्खाइमा रहनेछ । कसरी भनु मेरो को हौ तिमी । म तिमी सित पौडन तिमी सित डुब्न चाहन्छु । तिमी सित हार्न तिमी सित  जित्न चाहन्छु । तिमी मेरो सम्झना तिमी मेरो बिर्सना । तिमी मेरो परिवेश तिमी मेरो परिबर्तन । तिमी मेरो आसा तिमी मेरो निराशा । खै कसरी भनु मेरो लागि को हौ तिमी । कसरी भनु  साथमा भएपनी नभएपनी मेरो जिवनको सहयात्री हौ तिमी । 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Sunday, Feb 28, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१