शनिबार, आषाढ २७, २०७७ साल

नेपालगञ्ज १३ मा चारसय घरपरिवारलाई सहयोग

लाेकप्रिय सन्देश २०७६ चैत्र २१ गते 666

नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १३ ले शुक्रबार राहत वितरण गरेको छ । लकडाउनका कारण समस्यामा परेका वडाका विपन्न घरपरिवारको पहिचान गरि राहत वितरण गरिएको वडा अध्यक्ष वीरेन्द्र शाहले जानकारी दिनुभयो । करिब चारसय घरपरिवारलाई राहत वितरण गरिएको हो । वडा अध्यक्ष शाहका अनुसार प्रति परिवार, १५ किलो चामल, ५ किलो पिठो, ५ किलो आलु, २ किलो दाल, एक लिटर तेल, एक किलो नुन र एउटा सावुन वितरण गरिएको हो । वडा अध्यक्ष शाह तथा अन्य जनप्रतिनिधी र कर्मचारीहरुको उपस्थितीमा राहत वितरण गरिएको हो ।

शाहले लकडाउनका कारण दैनिक ज्याला मजदुरी गर्ने विपन्न घरपरिवारलाई राहत वितरण गरिएको बताउनुभयो । वडा सदस्य पुष्पा भट्टराईले विपन्न घरपरिवारको पहिचान गरि उनीहरुका लागि तत्काल आवश्यक खाद्यान्न सहयोग गरिएको बताउनुभयो । 

 


    तपाईको प्रतिक्रिया

    Copyrights © 2020 Lokpriyanews

    Saturday, Jul 11, 2020

    कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

    सम्पादक : गोविन्द शर्मा

    सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१