नेपालगञ्ज, चैत २१ । नेपालगञ्जका पत्रकार विमल चन्दले लकडाउनका कारण समस्यामा परेका पत्रिका वितरकहरुलाई खाद्यान्न सहयोग गर्नुभएको छ । चन्दले लोकप्रिय सन्देश दैनिकले पत्रिकार वितरकहरुको सहयोगका लागि सञ्चालन गरिरहेको अभिायन मार्फत दुईजना पत्रिका वितरकलाई शुक्रबार सहयोग गर्नुभएको हो । १० किलो चामल, दुईकिलो आलु, एक किलो नुन, एक लिटर तेल, एक किलो दाल र एउटा सावुन सहयोग गरिएको लोकप्रिय सन्देशका प्रबन्धक दिनेश ठाकुरले जानकारी दिनुभयो । समस्यामा परेको अवस्थामा आवश्यक सहयोग गरेको भन्दै पत्रिका वितरकहरुले लोकप्रिय सन्देश दैनिक र सहयोगदाता चन्दप्रति आभार प्रकट गरेका छन् ।
कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड
सम्पादक : गोविन्द शर्मा
सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१