मंगलवार, आषाढ २३, २०७७ साल

जमुनाह नाकामा तीनजनामा आरडिटी रिपोर्ट पोजिटिभ

लाेकप्रिय सन्देश २०७७ जेष्ठ २ गते 1.1K

नेपालगञ्ज, जेठ २ ।  नेपालगञ्जको जमुनाह नाकाबाट बिहिवारराती भित्रिएका सातसय मध्ये तीनजनामा आरडिटी परिक्षणको रिपोर्ट पोजिटिभ आएको छ ।  नाकाबाट ६८७ जना भित्रिएका थिए ।  आरडिटी पोजिटिभ आएका तीनजनाको पिसिआर जाँचका लागि स्वाब संकलन गर्न जिल्ला स्वास्थ्य कार्यालय बाँकेको टोली जमुनाह नाकामा पुगेको छ ।  बिहिवारराती नै नेपालमा रहेका  एक हजार तीन सय ७४ भारतीय नेपालबाट भारत पुगेका छन ।  रिपोर्ट नेगेटिभ आएकालाई सम्वद्ध जिल्ला पठाउने तयारी गरिएको छ ।

  २२१ जनालाई महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जको क्वारेन्टाईनमा राखिएको छ । जसमा एकजना भुटानी नागरिक समेत छन् । क्याम्पसबाट बाँकेका अन्य स्थानीय तहले आप्mनो पालिकामा रहेका क्वारेन्टाईनमा लैजान थालेका छन् ।  नाकामा पुगेका र क्वारेन्टाईनमा बसेकाहरुको ब्यवस्थापन नेपालगञ्ज उप–महानगरपालिकाले गरेको छ ।  

बाँकेको नरैनापुर गाउँपालिकामा शुक्रबार पुष्टि भएका कोरोना सङ्क्रमित आठैजना भारत रोजगारीबाट फर्केर गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टाईनमा बस्दै आएका रहेको गाउँपालिकाले जनाएको छ । नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालका अनुसार सङ्क्रमित मध्ये ६ जना  दीपेन्द्र प्रावि र २ जना प्रावि  खोदवामा रहेको क्वारेन्टाईनमा बस्दै आएको जानकारी दिनुभयो ।

सङ्क्रमित ८ जनालाई दाङको बेलझुण्डी स्थित आईसोलेसन अस्पतालमा लैजाने तयारी गरिएको गाउँपालिकाले जनाएको छ । बाँकेमा  ८ जना सङ्क्रमित थपिएपछि कुल सङ्क्रमितको सङ्ख्या ३३ पुगेको छ ।

 


    तपाईको प्रतिक्रिया

    Copyrights © 2020 Lokpriyanews

    Tuesday, Jul 07, 2020

    कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

    सम्पादक : गोविन्द शर्मा

    सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१