शनिबार, आषाढ २७, २०७७ साल

अपांगता भएकालाई राहत दिदैं नेपालगञ्ज उप-महानगरपालिका

लाेकप्रिय सन्देश २०७७ जेष्ठ २ गते 215

बाँके,जेठ २ ।  महिला उद्यमी संघ (धभबल) बाँकेले नेपालगञ्ज उप–महानगरपालिकालाई राहत सामग्री सहयोग गरेको छ । संघको टोलीले नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख उमा थापा मगरलाई शुक्रबार सहयोग सामग्री हस्तान्तरण गरेको हो । 
विनका अनुसार २१ जनालाई पुग्ने गरि राहत सामग्री उपलब्ध गराइएको छ । राहत प्याकेटमा १० किलो चामल,  ५०० ग्राम राज्मा, एक लिटर खानेतेल, एक किलो नुन र २५० ग्राम  बेसार रहेको छ । यसैगरी १४ प्याकेट च्यूरा समेत सहयोग गरिएको छ । 

नेपालगञ्ज उप–महानगरपालिकाका उपप्रमुख उमा थापा मगरले प्राप्त सहयोग अपांगता भएका ब्यक्तिहरुलाई सहयोग गरिने बताउनुभयो । यसअघि २१ जना एकल महिलालाई समेत उपमहानगरपालिकाले सहयोग गरेको मगरले जानकारी दिनुभयो ।  


    तपाईको प्रतिक्रिया

    Copyrights © 2020 Lokpriyanews

    Saturday, Jul 11, 2020

    कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

    सम्पादक : गोविन्द शर्मा

    सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१