नेपालगन्ज,जेठ ४ । बाँकेको नरैनापुरमा क्वारेन्टाइनमा बसेका युवाको निधन भएको छ । दीपेन्द्र माबिको क्वारेन्टाइनमा बसेका २४ बर्षका युवाको निधन भएको हो । ती युवा बैशाख ३० गते भारतबाट फर्केर गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बस्दै आउनुभएको थियो । युवामा ज्वरो तथा बान्ता आएको बताइएको छ । युवाको कोरोना परिक्षणका लागि शनिबार स्वाब संकलन भएकोमा आज रिपोर्ट आउदैछ ।