आईतवार, फागुन १६, २०७७ साल

बाँकेमा ४७ जना कोरोना संक्रमित थपिएपछी आईसोलेसन थप गर्न नेकपा नेता खत्रीले गरे माग

लाेकप्रिय सन्देश २०७७ जेष्ठ ५ गते 5.5K
नेपालगन्ज,जेठ ५ । नेकपा बाँकेका नेता रत्न खत्रीले बाँकेका लागि आईसोलेसन अस्पताल थप गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल समक्ष माग गर्नुभएको छ । बाँकेमा एकैदिन ४७ जनामा कोरोना संक्रमण देखिएपछी खत्रीले मन्त्री ढकाललाई सम्पर्क गरि आईसोलेसन अस्पताल थप गर्न माग गर्नुभएको हो । यसैगरी नेता खत्रीले बाँकेमा कोरोना जाचका लागि पिसिआर किट प्रयाप्तमात्रामा उपलब्ध गराउन माग गर्नु भयो । मन्त्री ढकालले आइसोलेसन अस्पताल थप गर्ने र किटमा अभाव हुन नदिईने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Sunday, Feb 28, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१