आईतवार, फागुन १६, २०७७ साल

कम्युनिष्ट आन्दोलनमा ढकालका ३३ वर्ष

लाेकप्रिय सन्देश २०७७ जेष्ठ ९ गते 6.23K

सुर्य ढकाल बाँकेको राजनीतिमा स्थापित नाम हो । तत्कालिन नेकपा एमाले होस वा अहिलेको नेकपाभित्र पार्टी काममा खटिने थोरै मध्येमा एकजना नेताको नाम हो, ढकाल । ढकालले पार्टी संगठन निर्माणसँगै विकास निर्माणका कार्यको पनि अगुवाई गर्दै आउनुभएको छ । ढकाल नेकपा एमालेको महाधिवेशन प्रतिनिधीमा निर्वाचित हुनुभयो भने बाँके क्षेत्र नम्बर १ बाट संघीय सांसदका लागि पार्टी कमिटीबाट सिफारिसमा समेत पर्नुभएको थियो । तर पार्टीले क्षमतावान र कर्मठ युवा नेतालाई हालसम्म उपयुक्त जिम्मेवारी दिन नसकेको आम कार्यकर्ताले गुनासो गर्ने गरेका छन् । ढकाल भने केही पाउनका लागि पार्टी संगठनमा नलागेको भन्दै पार्टीभित्रको जिम्मेवारीमै रमाईरहेको बताउदै आउनुभएको छ । 


 अनेरास्ववियु र युवासंघको केन्द्रीय कमिटीमा रहेर जिम्मेवारी निर्वाह गर्नुभएका ढकाल नेकपा एमाले हुँदै नेकपा बाँकेको सचिवालय सदस्य हुनुहुन्छ । २०३० साल बैशाख ६ गते बर्दियामा जन्मनुभएका ढकालले राजनीति शास्त्रमा स्नाकोत्तर गर्नुभएको छ । 
ढकालको राजनीतिक यात्रा
२०४४ सालमा अनेरास्ववियु एकताको पाँचौको सदस्य प्राप्त
श्री युवक मा वि जोगिगाउको प्राक सदस्य,उपाध्यक्ष र अध्यक्ष
बर्दिया जिल्लामा अनेरास्ववियुको जिल्ला कमिटी सदस्य ,उपाध्यक्ष र अध्यक्ष दुई कार्यकाल
अनेरास्ववियु भेरी अञ्चल कमिटीको सदस्य,उपाध्यक्ष , अध्यक्ष र इन्चार्ज
रापस, अनेरास्ववियु केन्द्रिय सदस्य,सचिवालय सदस्य
नेकपा एमाले बर्दिया बनियाभार गाउ कमिटीको सचिव
नेकपा एमाले बाके जिल्ला कमिटीको सदस्य सचिवालय सदस्य क्षेत्र न १ को इन्चार्ज 
हाल नेकपा जिल्ला सचिवालय सदस्य क्षेत्र न १ को सयोजक बाँके
युवा सघ नेपालमा ढकाल
तत्कालिन नेकपा एमालेलाई उर्जा प्रदान गर्न ढकालले युवा संघमा जोडिएर काम गर्नुभयो । ढकाल युवा संघको भेरी अञ्चल सदस्य हुँदै कार्यवाहक अध्यक्ष सम्म हुनुभयो । अच्ल कमिटीको अध्यक्ष, इन्चार्ज, केन्द्रीय प्रशिक्षण विभागको प्रमुख, केन्द्रीय सचिव र उपाधयक्ष हुँदै कार्यवाहक अध्यक्ष समेत रहनुभभयो । 
मदन भण्डारी फाउण्डेशन बाँकेको अध्यक्ष तथा मदन भण्डारी फाउण्डेशन प्रदेश न  ५ को अध्यक्ष र केन्द्रिय कमिटीको सदस्यको रुपमा कार्यरत ढकालले ः चीन, भारत,बगालादेश भियतनाम,दुवइ र दक्षिण अफ्रिकाको भ्रमण गर्नुभएको छ । 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Sunday, Feb 28, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१