बिहीवार, फागुन २०, २०७७ साल

रेडजोनमा पुगेर प्रमुख जिल्ला अधिकारीले बढाए नरैनापुरबासीको हौसला

लाेकप्रिय सन्देश २०७७ जेष्ठ १५ गते 11.77K

नेपालगञ्ज, जेठ १५ । कोरोना संक्रमणको हिसावले बाँकेको नरैनापुर क्षेत्र रेड जोनमा रहेको छ । यहाँ ११४ जनामा कोरोना संक्रमण फैलिएको छ । कोरोनाको रेडजोनमा रहेको नरैनापुरमा बिहिवार प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ सुरक्षा अधिकारी सहित पुग्नुभएको छ । बुधबार प्रशासनमा हाजिर भएका प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ बिहिवार नरैनापुर पुग्नुभएको हो ।  कोरोना संक्रमण फैलिएपछि नरैनापुरमा प्रमुख जिल्ला अधिकारी सुरक्षा प्रमुख सहित पहिलो पटक पुगेको स्थानीय बासिन्दाले जनाएका छन् । प्रदेश सभा सदस्य कृष्ण केसी समेत प्रमुख जिल्ला अधिकारी कुरुम्बाङको साथमा रहनुभएको थियो । 

नरैनापुर गाउँपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाह लगायत स्थानीयबासिन्दा तथा सुरक्षा निकायसँग उहाँले छलफल गर्नुभयो । स्थलगत अनूगमनपछि प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले नरैनापुरको अवस्था नियन्त्रणमा रहेको जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी सहितको टोलीले नरैनापुरको लक्ष्मणपुरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र, ईलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरीको बिओपी र नेपाल प्रहरीको ईलाका प्रहरी कार्यालयको समेत अनूगमन गर्नुभएको छ । 
नरैनापुर गाउँपालिकाका अध्यक्ष शाहले प्रमुख जिल्ला अधिकारी स्थलगत अनूगमनमा आएपछि सम्पूर्ण नरैनापुरबासीमा हौसला र आत्म विश्वास बढेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले बन्दाबन्दीलाई थप प्रभावकारी बनाउँदै विकास निर्माणका आयोजना तिव्रताका साथ सञ्चालन गरिने बताउनुभएको छ । नरैनापुरमा आईसोलेसनका लागि तत्काल विद्युत लाईन विस्तारका लागि प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले बिहिवार विद्युत वितरण केन्द्रका प्रमुख र निर्माण ब्यवसायीलाई पटक–पटक सम्पर्क गरि ध्यानाकर्षण गर्नुभएको छ । उहाँले कटकुइयामा दशगजा क्षेत्र तथा सीमानाकाको पनि स्थलगत अनूगमन गर्नुभयो । 

 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Thursday, Mar 04, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१